News Portal

  • एक्काईस वर्षकी सरिता पाठेघर क्यान्सरको सिकार बनिन्,जीवन बचाई दिन अपिल ,

    लक्ष्मण रसाईली बैशाख ७
    ९६२ पटक
    बैशाख ७

     

     

    गरीब बिपन्नका लागि जीवन बाच्न पनि  धौधौ नै परि रहेको छ,रोग लाग्छ् उपचार हुदैन । उपचार गरेर जीबन जिउन चाहन्छन् तर आर्थिक हैसियत हुदैन ।

    नलगाड नगरपालिका वडा न: १० रावतगाउँ जाजरकोटकी २१ बर्षिया सरिता बोहरा बिगत १ बर्ष देखि जिबन  र मरणको दोसाँधमा बाचिरहेकी छिन,घरमा बुढी आमा र साना दुइ बहिनी र एक  भाइ भएकी बोहरा बिगत एक बर्ष देखि पाठेघरको समस्या ले पिडित छिन ।

    बाबुको मृत्यु पछि यति सानै उमेरमा केहि गरौ भन्ने उमेरमा एक्कासी पाठेघरको समस्या देखिदा उनी अहिले बाच्ने आशा नै गुमेको भन्दै चिन्ता ब्यक्त गर्छिन ।

    बाबुको मृत्यु भईसकेको र आमा पनि काम गर्न नसक्ने अबस्था भएपछी आफुले साना भाइ बहिनीको लागि सम्पूर्ण जिम्मा सम्हालेकी बोहरालाई नै यस्तो रोगले  ग्रस्त बनाएपछि अहिले मृत्युसंग जुध्ने झिनो आशा बोकेर बाचिरहेकी छिन ।

     

    उपचारको लागि केहि महिना अघि भारतमा मजदुरी गर्न पुगेकी उनको भारत मा काम गर्दै उपचार गर्दै गरे पनि उनलाई सन्चो भएन । बिना उपचार उनी नेपाल फर्किंईन ।

    घरमा पुगिन, अझै सन्चो भएन । दिन प्रतिदिन झनै समस्या बढ्दै गयो र उनी पुन : गाउलेहरु संग ऋण गरेर नेपालगंज उपचारको लागि पुगिन ।नेपालगन्जमा उपचार चेकजाच गर्दा  पाठेघरमा क्यान्सर हुन लागेको र त्यसको लागि अहिले औषधिले  नै काम गर्ने अस्पतालले बतायो ।

    उनी औषधी लिएर जाजरकोट पुगिन ,औषधि सेवन पनि गरिन तर निको हुनु को दाजो दिन प्रतिदिन झनै समस्या हुदै गएपछि उनले औषधि  खान छोडिन ।

     

    अहिले जिबन र मरणको दोसाधमा रहेकी बोहरा अहिले न कतै जान सकेकी छिन न त कतै उपचार गरौँ भन्दा पैसा नै छ । साना बहिनी र भाईलाई  पाल्नका लागि अहिले गाउँ  छोडेर चौखाबज़ार होटेल भाडामा लिएर गुजारा चलाई रहेकी छिन ,भाइ बहिनीको खर्च त जसरि पनि  जुठा वर्तन धोएर जिबिको गरि रहेकी छिन तर उनको आफ्नो जिबनको नै टुंगो छैन ।

    गाउँमा सानो घर र अलि कति खेतबारी भएकी बोहराको अहिले आर्थिक अभाब कै कारण अहिले पिडा खेपी रहनु परेको,नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट महिलाहरुको पाठेघर क्यान्सर को उपचार नि :शुल्क वा अबस्था हेरेर सोहि बमोजिम उनीहरुलाई उपचार हुने भए ता पनि उनि जाजरकोटको बिकट गाउँबाट सुबिधा सम्पन्न अस्पताल जान सकेकी छैनन् ।

    जाजरकोटको बिकट क्षेत्रबाट अहिले सुबिधा सम्पन्न अस्पतालमा उपचारको लागि जान समेत अबस्था नभएकाले उनको जिबन नै मृत्युको मुखमा परेको छ ।

    बोहराले रुदै भनिन” घरमा आशाको भरोशा बाबा पनि हुनु हुन्न, आमा बुडी हुनु भयो बहिनिहरु, भाई स-साना छन् उनीहरुको लागि सकी नसकी काम गरिरहेकी छु,धेरै अस्पताल गएँ,धेरै औषधि पनि खाएँ,तर निको भएन । अब बाच्ने आश नै मर्न लागिसक्यो ।”

    “राम्रो अस्पताल सम्म पुग्न पाए मैले नयाँ जिबन पाउने थिए”रुदै उनले पिडा पोखिन ।

    एउटा दुर्गम भेग जाजरकोट ,त्यसमा पनि बिकट गाउँकी यी पाठेघर क्यान्सरबाट पिडित सुनिता बोहराले अहिले जीवनको  भिख मागी रहेकी छिन। यति कलिलै उमेरमा यति ठुलो पीडाको सिकार भएकी बोहराको उपचारको लागि देश तथा बिदेशका सहयोगी मनहरुमा आफ्नी छोरीको जिबन बचाई दिन सुनिता की  बुढी आमा रतनी कुमारी बोहराले अपिल गरेकी छिन ।

    पिडित सरिता  यसरी पिडा पोख्छिन, हेर्नुस भिडियो:

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...