News Portal

  • बोर्डिङ् स्कूल बन्द गर्न माग

    इभक्तपुर संवाददाताकाठमाडौँ, १० बैशाख
    ९४४ पटक
    काठमाडौँ, १० बैशाख

    कक्षा १ मा भर्ना भएका ३२ प्रतिशत विद्यार्थीले मात्र कक्षा १० सम्मको अध्ययन गर्ने गरेको पाइएको छ ।

    अनेरास्ववियु क्रान्तिकारीले आज यहाँ ‘वर्तमान शिक्षाका समस्या र चुनौती’ विषयमा आयोजना गरेको अन्तक्र्रियामा नेकपा निकट शिक्षक नेता गुणराज लोहनीले कार्यपत्र प्रस्तुत गर्दै भने, “६८ प्रतिशत बालबालिका बीचमा नै हराउने गरेका छन्, यसलाई कम गर्न शिक्षामा विशेष नीति बनाएर अघि बढ्न आवश्यक छ ।”

    कार्यपत्रमा भनिएको छ, शिक्षामा निजीकरण हावी भएको छ, स्थानीय तहलाई माध्यमिक तहसम्मको जिम्मा दिनाले पनि यस क्षेत्रमा समस्या बढ्दै गएको हो ।”
    शिक्षा मन्त्रालयका सचिव हरि लम्सालले निजी विद्यालयले पनि राज्यको नीति पूर्णरुपमा अवलम्बन गर्नुपर्ने बताए ।

    शिक्षाविद् डा मनप्रसाद वाग्लेले माध्यमिकसम्मको शिक्षालाई निःशुल्क गराउनका साथै निजी विद्यालय खारेज गर्नुपर्नेमा जोड दिए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...