News Portal

  • भक्तपुरमा परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्ने प्रतिबद्धता

    भक्तपुर, ११ बैशाख
    १०९४ पटक
    भक्तपुर, ११ बैशाख

    यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा ११ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौंँले आयोजना गरेको गोष्ठीमा सहभागीले भक्तपुरमा परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । नियमित विद्यार्थीका हकमा सम्भव भएसम्म पोशाक अनिवार्य गर्न, परीक्षा कक्षमा परीक्षार्थीले लगबुक, ग्राफपेपर, क्यालकुलेटर, गोश्वारा भौचर, कलम, मसी, इन्स्टुमेण्ट बक्स र मलेप फाराम मात्र लान पाउने व्यवस्था गर्ने, परीक्षा सञ्चालन अवधिमा समस्या आएमा सम्बन्धित निकायमा टिपाउने र प्राप्त निर्देशन बमोजिम परीक्षा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    कार्यक्रममा प्रजिअ एवं जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष द्रोण पोखरेलले उपलब्ध स्रोत साधनलाई अधिकतम प्रयोग गरेर भक्तपुरमा कक्षा ११ र १२ को परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्न सरोकार भएका सबैलाई आग्रह गरे । परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौँंका प्रमुख जंगबहादुर अर्यालले परीक्षाको आचारसंहिता पूर्णरुपमा पालना गर्दै काम गर्न आग्रह गरे ।

    जिल्ला शिक्षा विकास तथा समन्वय समितिका प्रमुख अर्जुन रायमाझीले नयाँ संरचनामा सबैको चासो रहने कक्षा ११ र १२ को परीक्षा थप मर्यादित बनाउन सरोकार भएका सबैको उत्तिकै जिम्मेवारी रहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...