News Portal

  • अबैध रुपमा यार्सागुम्बा संकलन गर्न पुगेका ७ जना पक्राउ

    रामचन्द्र न्यौपाने ,डोल्पा बैशाख १२
    ९७२ पटक
    बैशाख १२

    हिमाली जिल्ला डोल्पामा बहुमुल्य जडीबुटी यार्सागुम्बाको अवैध रुपमा संकलनगर्न यार्सागुम्बा पाटन पुगेका सात जना पक्राउ परेका छन् ।

    उनीहरुलाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोईजुम र निकुञ्जका कर्मचारी सहितको संयुक्त टोलीले निकुञ्जकोमुख्य क्षेत्रमा पर्ने कागमारा हिमालबाट राती १२ बजे पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पाँच जना महिला दुई जना पुरुष रहेको शे– फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाले जनाएको छ ।

    पक्राउ पर्नेमा जगदुल्ला गाँउपालिका वडा नं ४ छाँचुका ३० वर्षीय युवराज बुढा, मुड्केचुला गाँउपालिका ८ ओक्टका १६ वर्षीय ओम बहादुर रोकाय, जुम्ला जिल्ला गोठिचौर गाँउपालिकाका वडा नं १ बस्ने ४६ वर्षीय सुर्य बस्नेत, सोही ठाउँकै २४ वर्षीय चन्द्रलोक सिह बस्नेत,सोही ठेगानाकै २४ वर्षीय युवराज बस्नेत, सोही ठाउँकै १८ वर्षीया की संगिता बस्नेत र सोही ठेगानाकै १८ वर्षीया पबित्रा बस्नेत रहेको निकुञ्जका संरक्षण अधिकृत रामदेब चौधरीले जानकारी थिए ।

    उनीहरु अवैध रुपमा बहुमुल्य जडिबुटी यार्सागुम्बाको अवैध संकलन गर्ने आएपनि यार्सागुम्बा टिप्न नपाएको चौधरीले बताए । निजहरुबाट लत्ता कपडा, पाल, चाउचाउ, कुटोलगाएतका बन्दोबस्तीका सामानहरु समेत बरामत गरिएको निकुञ्जले जनाएको छ ।

    पक्राउ परेका दुईजना महिलाको स्वास्थ्य अवस्था कमजोर भएकाले निकुञ्जले दोषि ठहर गरेर बोलाएको खण्डमा उपस्थितहुने गरि प्रतिव्यक्ति दश हजार धरौटीमा छोडिएको समेत निकुञ्जका संरक्षण अधिकृत चौधरीले बताए । पक्राउ परेका बाँकी पाँच जनालाई निकुञ्जको कार्यालय सुलिगाडमा थुनामा राख्दै अनुसन्धान सुरु गरिएको अधिकृत चौधरीले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...