News Portal

  • आगामी जेठ मसान्त सम्म माइतीघर मण्डलामा प्रदर्शन गर्न पाइने

    १३ वैशाख ।
    ८७७ पटक
    १३ वैशाख ।

    काठमाडौ,  जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट दिएको छ । तर आगामी जेठ सम्मका लागि मात्र प्रशासनले छुट दिएको हो । स्थानिय प्रशासनले काठमाडौंका विभिन्न स्थानमा आन्दोलन, सभा, जुलुस गर्न निश्चित स्थान तोके पछि त्यसको विवेकशिल साझा लगायतका केही पार्टीले विरोध गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलालाई आन्दोलन निशेधित क्षेत्र तोकेको थियो । आन्दोलनको हवका रुपमा रहेको माइतीघरलाई निशेषित गरेपछि विवेकशिल साझाले त्यसको विरोध गरेको हो ।

    जिप्रकाले २ वैशाखमा जारी गरेको सूचनामा वैशाख १६ बाट माइतीघर मण्डला, रत्नपार्क लगायतका स्थानमा सार्वजनिक कार्यक्रम वा प्रदर्शन गर्न पाइने थिएन ।

    स्थानीय प्रशासनको निर्णयको विवेकशील साझा पार्टी र डा। गोविन्द केसीले विरोध गरेका थिए ।

    जिप्रका काठमाडौंले बिहीबार सूचना निकालेर तयारी गर्न समय चाहिएको भन्दै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थलसम्वन्धी निर्णय असार १ बाट मात्र लागू हुने बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...