News Portal

  • आजको सडक दुर्घटनाको बिवरण

    इभक्तपुर संवाददाताकाठमाडौं, १७ बैशाख
    ६६१ पटक
    काठमाडौं, १७ बैशाख

    मोरङ : सुन्दर हरैचा नगरपालिका–७ गोठगाँउ स्थित पूर्व–पश्चिम राजमार्गमा बा.४ख ६९१९ नम्बरको माइक्रोबस सोमबार अनियन्त्रित भई दुर्घटना हुँदा झापा भद्रपुर नगरपालिका–१५ बस्ने ५१ बर्षीया उमा निरौला र ५२ बर्षीया श्यामा कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाहरु मध्ये ३ जनालाई गोल्डेन अस्पताल बिराटनगर, २ जनालाई ईटहरी सामुदायिक अस्पताल र ५ जनालाई धरान घोपा अस्पतालमा पठाइएको छ ।


    बारा : फेटा गाउँपालिका–२ रहुवाई स्थित ना.१त ५२२८ नम्बरको ट्याक्टरमा सवार पर्सा कालिकामाई गाउँपालिका–२ बस्ने १४ बर्षीय श्रीराम चन्द्र साह सोनार सोमबार ट्याक्टरबाट खस्दा गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल कलैया पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

    यसैगरी बारा सुवर्ण गाउँपालिका–७ सन्फुलुवा स्थित बिआर ०५पि ०३०९ नम्बरको जिपले भारत पूर्वी चम्पारण बिहार बस्ने २२ बर्षीय अखिलेश बैठालाई आइतबार राति ठक्कर दिदाँ घट्नास्थलमै मृत्यु भएको छ । फरार जिप चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

    बाग्लुङ : काठेखोला गाउँपालिका–६ चिसापानी स्थित भित्री सडक खण्डमा ध.१च २०८ नम्बरको जिपले पैदल यात्री सोही गाउँपालिका–७ बस्ने बिष्णु थापाको ४ बर्षीया छोरी दिक्षा थापालाई सोमबार ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि अंचल अस्पताल धौलागिरी पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बर्दिया : ठाकुरबाबा नगरपालिका–२ रानिपुर स्थित भित्री सडकखण्डमा सोमबार भे.१ज ८७९ नम्बरको जिपबाट ओर्लने क्रममा लडेर सोही ठाउँ बस्ने ५० बर्षीया चम्पा थापा गम्भीर घाइते भएकोले उपचारको लागी मेडिकल कलेज कोहलपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सिन्धुपाल्चोक : ईन्द्रावती गाउँपलिका–१ डडुवा स्थित भित्रि सडक खण्डमा बा.१७ च ५४७२ नम्बरको बलेरो जिपले सोही ठाउँ बस्ने कसाई तामाङको ३ बर्षीया छोरी अन्जला तामाङलाई आइतबार ठक्कर दिदाँ घटनास्थमै मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    पर्सा : पर्सागढी नगरपालिका–६ बागेश्वरी तित्रौना स्थित ना.३त ५७२५ नम्बरको ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने १५ बर्षीय जोगी भन्ने योगेन्द्र सहनी आइतबार ट्याक्टरबाट खस्न गई घाइते भएकोले एडभान्स अस्पताल बिरगंजबाट थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

    कैलाली : धनगढी उपमहानगरपालिका–३ बोराडाँडी स्थित राजमार्गमा से.३प ३६३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालक सोही उपमहानगरपालिका–४ उत्तरबेहडी बस्ने २७ बर्षीय अशोक पाण्डेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल पछाडी सवार ३५ बर्षीय किशन चौधरी समेत सामान्य घाइते भएकोले उपचारको लागि सेती अंचल अस्पतालमा लगिएको छ ।
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...