News Portal

  • गोरखाको समग्र विकासकालागि गोरखा विकास मंचको घोषणा

    इभक्तपुर संवाददाताभक्तपुर, १८ बैशाख
    १३३५ पटक
    भक्तपुर, १८ बैशाख

    नेपाल राज्यकै ऐतिहासिक बिरासत बोकेको गोरखाको समग्र विकासका लागि गोरखालीहरु संगठित भएका छन् ।

    गोरखाको समग्र विकासका लागि राजधानीमा आज एक कार्यक्रमका बीच गोरखा विकास मंचको घोषणा गरिएको छ । डा हेमराज ढकालको संयोजकत्वमा गोरखा विकास मंचको घोषणा गरिएको हो ।

    गोरखा जन्मथलो भै काठमाडौ उपत्यका वा अन्यत्र बसोबास गर्ने गोर्खालीहरु गोरखाको समग्र विकासका लागि संगठित बनेका हुन् । राजधानीको पकनाजोलस्थित एक होटलमा आयोजित मंचको घोषणा कार्यक्रमको प्रमुख अतिथिमा गोरखाका नेतासमेत रहेका नेकपा माओबादी केन्द्रका नेता एवं पूर्व उपप्रधान तथा गृह त्यसैगरी परराष्ट्र र स्थानीय बिकास मन्त्री नारायणकाजी श्रेष्ठ रहेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले देशको बदलिदो राजनैतिक परिदृश्यमा गोरखा जिल्लाको समग्र विकास र सम्वृद्धिका लागि मंचले महत्वपूर्ण भूमिका निभाउने बिश्वास व्यक्त गरे । समाजवादी आर्थिक मोडलको निर्माण गर्न र समानतालाई व्यवहारमै लागू गर्ने कुरालाई मंचले मूलमंत्रको रुपमा लिएर अघि बढ्नुपर्ने उनले बताए ।

    गोरखा समाजले सहकार्य गर्ने

    गोरखा विकास मंचको घोषणा कार्यक्रममा गोरखा समाजका अध्यक्ष महेश गुरुङले मंचको उदेश्य परिपूर्तीका लागि समाजले साथ् दिने प्रतिबद्धता प्रकट गरे । ”मंचसंग समन्वय र सहकार्य गर्दै गोरखाको विकासको लागि योगदान गर्न एकताबद्ध भएर अगाडी बढ्ने प्रतिबद्धता प्रकट गर्दछु ।” उनले भने ।

    मंचको ५ कार्यगत क्षेत्र

    मंचले आफ्नो उदेश्य प्राप्तिका लागि आफ्नो ५ कार्यगत क्षेत्रको घोषणा गरेको छ र प्रत्येक कार्यगत क्षेत्रको नेतृत्व समेत बाँडफाँड गरिएको छ । आर्थिक क्षेत्रको संयोजक राजनविक्रम थापा रहेका छन् । सामाजिक क्षेत्रको जिम्मा उषा लामिछाने ढकाल लाई दिइएको छ । पूर्वाधार क्षेत्रको जिम्मा डा जगत श्रेष्ठलाई परेको छ । त्यसैगरी प्राकृतिक श्रोतको क्षेत्रको संयोजकत्व गणेश श्रेष्ठलाई र समन्वय तथा सुशासन क्षेत्रको संयोजकत्व भने धनबहादुर श्रेष्ठलाई सुम्पिएको छ ।

    सल्लाहकारमा दुई डाक्टर

    घोषणा कार्यक्रममा गोरखा विकास मंचले आफ्नो सल्लाहकारमा डा सुनिलबाबु श्रेठ र डा हरिराम पराजुली रहेको घोषणा गरेको छ । कार्यक्रममा रास्ट्रिय योजना आयोगको निवर्तमान सदस्य समेत रहेका प्राज्ञ सुनिलबाबु श्रेष्ठले मंचको प्रस्तावना एवं उदेश्यमाथि प्रकाश पारेका थिए ।

    गोरखाबाट काठमाडौ आएर विभिन्न पेशा व्यवसाय गरि अस्थायी बसोबास गरिरहेका बुद्धिजिवी, व्यवसायी, कर्मचारी, समाजसेवी, शिक्षक, विद्यार्थी लगायत गोराखाप्रेमीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको संचालन उषा लामिछाने ढकालले गरेकी थिइन् भने अध्यक्षता मंचका संयोजक डा हेमराज ढकालको रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...