ललितपुर, बैशाख १९ ललितपुरको गोदावरी नगरपालिका की उप मेयर मुना अधिकारी श्रीमानको कुटपिटबाट घाइते भएकी छन् ।न्यायिक समितिको संयोजक समेत रहेकी उप मेयर अधिकारीको श्रीमान् ध्रुव कुँवरले उनी माथि कुटपिट गरेका हुन् ।
मंगलबार साँझ श्रीमानको कुटपिटबाट घाइते बनेकी अधिकारीले ललितपुर प्रहरी परिसरमा श्रीमान् बिरुद्द ठाडो उजुरी दिएकी छन् । र, श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस विषयमा ललितपुर प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दसँग जिज्ञासा राख्दा उनले घरायसी विवाद भएको भन्दै अहिले छलफल भइरहेको बताए ।
श्रीमान बिरुद्द उजुरी दिएपछि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले कुँवरलाई नियन्त्रणमा लिएर परिसरमा जिम्मा लगाएको थियो ।