News Portal

  • जाजरकोटमा पनि बन्दको प्रभाब,यात्रुहरुको बिजोग

    २१ बैशाख
    १२०२ पटक
    २१ बैशाख

    जाजरकोट,

    जाजरकोटमा सार्वजनिक यातायात बन्दको प्रभावले यात्रुहरुको बिजोग भएको छ । सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव ले जाजरकोटमा बुधबार बिहान देखि यातायातका साधन बन्द भएका छन । नियमित सञ्चालनमा आएका भेरीगंगा यातायात ब्यबसायिक ,मध्य पश्चिम यातायात ब्यबसायिक ,काक्रे बिहार यातायातका सबै सार्वजनिक यातायातका साधहरु बन्द हुदा यात्रुहरु बिजोगमा परेका हुन । हाल सदरमुकाम खलंगा आसपास भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन मोटरसाइकल चलिरहेका छन् ।शान्ति चौतारा बसपार्कको पार्किङ क्षेत्रमा गाडीहरु यातायात ब्यबसाही हरुले थन्काइएका छन ।

    टिकट काउन्टर बन्द छन् । गाडी नपाएर यात्रुहरु जानुपर्ने गन्तब्य सम्म यातायातका साधन नपाउदा अलपत्र परेका छन् । सवारी नचल्दा सर्वसाधारण यात्रु समस्यामा परेका छन् । यातायात व्यवसायीको हड्तालको प्रभावले जाजरकोटबाट छुट्ने सवारी साधनहरु हड्तालका कारण यातायात व्यवसायीका संघरसमितिहरुले बसर जीप चलाएका छैनन् ।

    सधैं व्यस्त र भरिभराउ हुने छिन्चु जाजरकोट सडक खण्ड आज सुनसान छ । बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि हड्तालबारे पूर्वजानकारी नपाएका यात्रुहरु बसपार्कमै अलपत्र परेका छन् ।

    बसबाट स्कूल जाने विद्यार्थीहरु पनि हड्तालले समस्यामा परेका छन् । उता जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरिक्षेक भाबिस रिमालका अनुसार गृहमन्त्री रामबहादुर ‘बादल’ले सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएको कुरामा जाजरकोटमा कुनै जानकारि नभएको जानकारि दिएका छन ।

    जाजरकोटमा अहिले सम्म कुनै आन्दोलनले कुनै असर नपरेको जानकारि दिए हाल शान्ति पूर्ण आन्दोलन भइरहेको रिमालको भनाइ रहेको छ । जिल्लाको पाचँकाटिया छेडा थलह सडक सण्डमा अन्य गाडिहरु सञ्चालनमा आएको र हाल समितिहरुको गाडिमात्र बन्द रहेको रिमालको भनाइ रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...