News Portal

  • अपांगता भएका २३ जनालाई ह्विल चियर

    इभक्तपुर संवाददाता२७ वैशाख
    १२७१ पटक
    २७ वैशाख

     झापाको दमकमा बुधबार एक कार्यक्रमका बीच शारीरिक अपांगता भएका २३ जनालाई ह्विल चियर र ट्राइसाइकल वितरण गरिएको छ ।

     

    दमक अपांग सहयोग समितिकी उपाध्यक्ष मनमाया तिम्सिनाको अध्यक्षता तथा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य सुगम भट्टराईले विभिन्न दातृसंस्थाको सहयोगमा ह्विलचियर तथा ट्राइसाइकल उपलब्ध गराइएको जानकारी दिए।

    दमक अपांग सहयोग समितिको संयोजनमा राष्ट्रिय अपांग पुनःस्थापना समाजले ती ह्विलचियर निःशुल्क उपलब्ध गराएको हो ।

    कार्यक्रममा दमक रेडक्रस सभापति प्रकाश बुढाथोकी, दमक जेसीजका अध्यक्ष चन्द्र खत्री, मेची सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईलगायतले अपांगताको बारेमा बोले ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...