News Portal

  • डोल्पा त्रिपुरा सुन्दरी नगरपालिकाका दुई वडालाई पुर्ण खोप घोषणा

    रामचन्द्र न्यौपाने ,डोल्पा २७ बैशाख
    १०२१ पटक
    २७ बैशाख

    यहाँको त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत पर्ने वडा नं १ र २ लाई पुर्ण खोप वडा घोषणा गरिएको छ ।
    नगरका दुई वडामा भएका ८१ जना बालबालिकाले जन्म देखि दुईबर्षसम्म लगाउनुपर्ने एघार प्रकारका खोपहरु पुरा गरेको आधारमा पुर्ण खोप वडा घोषणा गरिएको स्थास्थ्य चौकी त्रिपुराकोटका प्रमुख तुल बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
    पुर्ण खोप वडा घोषणासँगै दिगोपना पनि आवाश्यक भएको स्वास्थ्य चौकी प्रमुख तुल बहादुर श्रेष्ठले बताउनुभयो ।
    सरकारको खोप तालिका अनुसार कुनैपनि गाँउ क्षेत्र भित्रका दुईबर्षसम्मका बालबालिकालाई जन्म देखि दुईबर्षसम्म एघार वटा खोप पुरा गरेपछि मात्रै पुर्ण खोप शुनिश्चत क्षेत्र घोषणा गर्न मिल्ने प्रावधान छ ।
    त्रिपुरा सुन्दरी नगरपालिकाको केन्द्र बगर बजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख ओम बहादुर बुढाले अहिले पुर्ण खोप घोषणा गरेर मात्रै नहुने र यसलाई निरन्तर रुपमा सर्वसाधारणको घर–घरमा पुगेर खोप कार्यक्रम संञ्चालन गर्नु पर्ने बताउनुभयो ।
    नगरले शिक्षा र स्वास्थ्यको हकमा आवाश्य बजेट बिनियोजन गर्न तयार भएकाले कर्मचारीहरुलाई नयाँ कार्यक्रमका साथ शसक्त भएर जनताको सेवामा खटिन समेत निर्देशन दिनुभयो ।
    उक्त कार्यक्रममा बोल्दै कार्यक्रमको अध्यक्ष्यता ग्रहण गर्नु भएका वडा नं १ का अध्यक्ष कर्मसिँह थापाले पुर्ण खोप वडा घोषणा गरिनु आफैमा सकरात्मक भएको बताउनुभयो ।
    वडा अध्यक्ष थापाले कार्यक्रमबाटै सम्पुर्ण सर्वसाधारणहरुलाई नियमित लगाउनुपर्ने खोपहरु नछुटाई लगाउन समेत आग्रह गर्नु भएको थियो ।
    उक्त कार्यक्रममा बोल्दै जिल्ला खोप सुपरभाईजर तथा त्रिपुरा सुन्दरी नगरपालिकाका स्वास्थ्य संयोजक संजय मण्डलले नियमित खोपबाट मात्रै बाल मृत्युदर घटाउन सकिने भएकाले साना नानीबाबुलाई खोप लगाउने कुरामा हेल चक्रयाई नगर्न कार्यक्रममा उपस्थित सबैलाई आग्रह गर्नुभएको थियो ।
    त्रिपुरा सुन्दरी नगरपालिकाको ११ वटा वडा मध्ये ७ वडा पुर्ण खोप घोषणा भईसकेको र ६ वटा वडा मात्रै बाँकी रहेको मण्डलले जानकारी दिनुभयो ।
    कार्यक्रममा नगरका विभिन्न बिद्यालयका अध्ययनरत बिद्यार्थीहरुले जन स्वास्थ्य शिक्षा सम्बन्धि चेतना फैलाउने नृत्य,सडक नाटक,कविता प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा साविकको त्रिपुराकोट गाविसका नौ वडाका नौ जना स्वास्थ्य स्यमं सेविकाहरुलाई सम्मानित समेत गरिएको थियो ।
    कार्यक्रममा उपस्थित स्वास्थ्य स्यमं सेवीकाहरुले गाँउघरमा स्वास्थ्य शिक्षा बाँड्नकालागि स्वास्थ्यकर्मीहरु भन्दा धेरै खटिएतापनि सरकारले आफुहरुको कामको मुल्याङ्कन नगरेको गुनासो गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...