News Portal

  • बलात्कारी , गुन्डा गर्दी गर्ने सबैको लिस्ट तयार हुदैछ :गृहमन्त्री थापा

    इभक्तपुर संवाददाताबैशाख ३१
    ७६३ पटक
    बैशाख ३१

    गृहमन्त्री थापाले विकास र शान्ति सुरक्षामा बाधा पुर्‍याउने गुन्डाहरुको लिस्ट तयार भइरहेको बताएका छन् ।

    महिला हिंसा, बलात्कार देखि विकास विरोधी गुन्डागर्दी गर्ने सबैको लिस्ट तयार भइरहेको उनले बताएका हुन् । ‘गुन्डाराजको छिटोभन्दा छिटोभन्दा अन्त्य गछौर्ं,’ गृहमन्त्री थापाले भने, ‘सबै गाउँमा गुन्डाहरुको ब्ल्याक लिस्ट तयार हुँदैछ ।’

    गुन्डाहरुको अन्त्य गर्ने अभियान देशव्यापी रुपमा चलाउन लागिएको थापाले बताए । प्रदेश ४ मा पनि यो अभियान चलाउन लागेको उनले बताए । गुन्डागर्दी कै करण कुनै पनि घटना वा विकास निर्माणको काम रोकिन नदिन गृहमन्त्री थापाले आइतबारको सुरक्षा गोष्ठीमा निर्देशन पनि दिएका थिए ।

    सबै सिन्डिकेट अन्त्य

    गृहमन्त्री थापाले देशबाट अब सबैखाले सिन्डिकेटको अन्त्य हुने बताएका छन् । ‘यातायात क्षेत्रको सिन्डिकेट तोडिइसकेको छ,’ उनले भने, ‘अब यो क्षेत्रमा आउन अरु व्यवसायीलाई पनि बाटो खुलेको छ ।’

    यातायात सिन्डिकेट अन्त्यसँगै मुठीभरका व्यवसायीलाई मात्रै फाइदा पुग्ने स्थिति नरहेर अब खुला भएको उनले बताए । मिटरमा टयाक्सी चलाउने कुरा, ट्रक व्यवसायी, ट्रान्सपोर्ट लगायतका क्षेत्रमा पनि सिन्डिकेट कायमै रहेको गुनासो आइरहेकाले सबैको अन्त्य गर्ने उनले बताए ।

    यातायात समितिको खातामा रहेको सबै रकम अब सरकारको भएको गृहमन्त्री थापाले बताए । ‘समितिका खाताबाट जति रकम निकाल्नु उनीहरुले पहिल्यै निकाले, अब त्यो रकम सबै सरकारको हुन्छ,’ गृहमन्त्री थापाले भने, ‘बिमा, सुरक्षा र क्षतिपूर्तिका विषयमा सरकारले ठोस योजना ल्याएसँगै सबै सिन्डिकेट अन्त्य हुन्छ ।’

    प्रहरीभित्र सबै तहको बढुवा गर्नका लागि तल्लो तहबाट बढुवाको थालनी गरिएको उनले बताए । ‘तल्लो तहबाट बढुवा थालिएको छ,’ गृहमन्त्री थापाले भने, ‘अब डिआइजीहरुको पनि बुढो नहुँदै बढुवा हुन्छ ।’

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...