News Portal

  • मोदीको अभिनन्दनमा नेपाली झण्डा बिगार्नेलाई लालबाबुको तीनदिने अल्टिमेटम

    इभक्तपुर संवाददाताकाठमाडौं, १ जेठ
    ८४२ पटक
    काठमाडौं, १ जेठ

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको अभिनन्दन कार्यक्रममा राष्ट्रिय झण्डाको अपमान भएकोबारे प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंहलाई तीनदिने स्पष्टिकरण सोधेका छन् । मन्त्री पण्डितले सचिव सिंहसहितका पदाधिकारीलाई सोमबार तीन दिने स्पष्टीकरण सोधेका हुन् ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव सिंह, २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञबहादुर खत्री, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली तथा जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्री पण्डितले मन्त्रिस्तरीय निर्णय गर्दै तीन दिने स्पष्टीकरण सोधेको हुन् ।

    उनीहरुलाई स्पष्टीकरणसहितको पत्र सोमवार नै पठाइएको मन्त्री पण्डितका स्वकीय सचिव ओसिम आलमले जानकारी दिए ।

    मोदीको अभिनन्दन कार्यक्रममा कर्मचारीहरुले लापारवाही गरेर नेपाली झण्डाको व्यवस्थापन गर्न नसकेको भन्दै उनीहरुलाई कारवाहीस्वरुप तीन दिने स्पष्टीकरण सोधिएको हो । त्यस कार्यक्रममा नेपाली झण्डाको स्वरुप बिगारेर अपमान गरिएको भन्दै देशव्यापी विरोध र आलोचना भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...