News Portal

  • नेकपालाई काँग्रेस प्रवक्ताको आस्वासन : काँग्रेसले ढुंगा हान्दैन, ढुक्क हुनुस्

    नेपालवाल संवाददातानेपालगन्ज, ४ जेठ
    १०९९ पटक
    नेपालगन्ज, ४ जेठ

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आम मान्यतामा कांग्रेस नरहेको बताएका छन् ।

    नेपाल प्रेस युनियन, बाँकेले आज बिहान यहाँ अयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले भने, “रचनात्मक तथा सिर्जनात्मक भूमिका प्रतिपक्ष दलले खेल्नुपर्छ, ढुंगामुढा गर्ने, हडताल गर्ने यो असल प्रतिपक्षको गुण होइन, नेपाली कांग्रेस असल प्रतिपक्ष हो ।”

    वर्तमान सरकारको सय दिन पुगेपछि कामको समीक्षा नेपाली कांग्रेसले गर्ने बताउँदै उनले कमजोर र गलत पक्षमा खबरदारी तथा सही कामको समर्थनमा आफ्नो दलले एक इन्च पनि कन्ज्युस्याँई नगर्ने बताए ।

    उनले दुई ठूला कम्युनिष्ट पार्टीको एकताले लोकतन्त्रलाई अझ बलियो बनाउने भएकाले आफ्नो दलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक हुनुलाई त्यही कडीका रुपमा लिएको जिकिर गरे ।

    प्रवक्ता शर्माको थप भनाइ थियो, “एकपटक निर्वाचन हार्दैमा नेपाली कांग्रेस कमजोर भयो भनेर विश्लेषण गर्नु गलत हो, अब हारको समीक्षा गरेर संगठन निर्माणमा कांग्रेस परिचालन हुन्छ ।”

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...