News Portal

  • सर्पको टोकाइबाट सर्लाहीमा फेरि गयो एक ज्यान : जोखिममा बाचिरहेछन् जनता, राज्य बेखबर

    प्रेमनाथ पाैडेलसर्लाही, ५ जेठ
    २८४१ पटक
    सर्लाही, ५ जेठ

    सर्लाहीको बागमती नगरपालिका – १० शंकरपुरमा शुक्रबार विषालु सर्पको टोकाइबाट एक महिलाको ज्यान गएको छ । दिउँसो मकै बारीमा काम गरिरहेका बेला गोमन सर्पले टोकेपछि २८ वर्षिया शारदा बुढाथोकीको ज्यान गएको हो ।

    सर्पले टोकेपछि उपचारको लागि नवलपुरस्थित सर्प दंश उपचार केन्द्रमा पुर्‍याए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि भारत तर्फ लगिएको थियो । उपचारको लागि भारत तर्फ लैजाँदै गर्दा बाटोमा नै उनको ज्यान गएको स्थानियले जानकारी गराएका छन् ।

    तराईमा गर्मी बढेसगै सर्प दंशका बिरामी बढ्न थालेको छन् । बिषालु सर्पको टोकाइबाट बर्षेनी मानिसहरुको ज्यान जान थालेपछि सर्लाहीमा ज्यानको जोखिम बढेको छ । बर्षेनी मानिसहरुको ज्यान गैरहदा पनि राज्यले एउटा सुविधासम्पन्न अस्पताल र दक्ष डाक्टरहरुको सुबिधासमेत दिन नसक्दा स्थानीयहरू चिन्तित् बनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...