News Portal

  • साथीलाई पिसाब खुवाउनेलाई पिसाब नै खुवाएर प्रअले कारवाही गरेको खुलासा

    प्रज्वल पौडेलरामेछाप, ५ जेठ
    १२८७ पटक
    रामेछाप, ५ जेठ

    लिखु तामाकोसी गाउँपालिकाको झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक केबलबहादुर तिमिल्सिनाले विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाब खुवाएको खुलेको छ ।

    पीडित विद्यार्थीले शुक्रबार प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काका अनुसार प्रधानाध्यापक तिमिल्सिनाले ७ कक्षामा पढ्ने वुद्ध तामाङ र लाक्पा तामाङलाई कुटपिट गरी पिसाब पिउन बाध्य बनाएका हुन् ।

    प्रधानाध्यापक तिमिल्सिनाले भने उछृङ्खल गतिविधि गर्ने विद्यार्थीलाई सामान्य कारबाही गरेको बताएका छन् । उनका अनुसार जेठ १ गते वुद्ध, लाक्पा र गणेश बुढाथोकीले आफ्नै साथी साङविर तामाङलाई मिनरल वाटर बोतलमा पिसाब र थुक मिसाएर खुवाएको विद्यालय प्रशासनमा खबर आयो । त्यसपछि उनीहरुलाई कारबाहीस्वरुप त्यही पानी पिउन दिएको र नमाने पछि पाइपको टुक्राले हिर्काएको तिमिल्सिनाले बताए ।

    ‘मैले जेष्ठ १ गते कक्षा ७ मा अध्ययनरत तीनजना विद्यार्थी मिलेर आफ्नै साथीलाई मिनरल वाटरको बोतलमा थुक र पिसाब मिसाएर खुवाएको विद्यालय प्रशासनमा जानकारी आएपछि पानी वा पिसाब के हो छुट्याउन त्यहि बोतलमा भएको पानी पिउन दिएको हुँ ।’ उनले भने -‘बोतलको पानीमा थुक्ने र पिसाब फेर्ने व्यक्तिले खाएपनि सँगै हिडेका अर्को एक विद्यार्थीले पिउन नमानेपछि कारबाही गर्छु अब,पिसाब फेरेर खुवाएको हो कि होइन सत्य भनिस् भनेँ केही गर्दिन भनेपछि मात्र पिसाब मिसाएको कुरा दुइ विद्यार्थीले स्वीकारे । त्यसपछि उनीहरुलाइ सामान्य कुटपिट सजाय दिएको हो ।’

    कारबाहीको क्रममा बोतलको पानी वुद्ध तामाङ र लाक्पा तामाङले पिएको र गणेश बुढाथोकीले पिउन नमानेपछि मात्र पिसाब भएको खुलेको उनले बताए । उनले कक्षा ९ कि छात्रा ममिता तामाङलाई जेठ २ गते साथीसंग झगडा गरेको भन्दै कुटपिट गरेका छन् । प्रधानाध्यापक तिमिल्सिनाले ममिता गाजा खाएर विद्यालय आउने र साथीहरुसंग झगडा मात्र गर्ने गरेकाले गालामा पाँच चट्कन हानेको बताए ।

    प्रधानाध्यापकमाथिको गुनासोको विषयमा छलफल गर्न विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएको थियो । यसैबीच तामाकोशी गाउँपालिकाका प्रमुख गोविन्दबहादुर खड्काले प्रधानाध्यापकले विद्यार्थीलाई पिसाब खुवाउनु जघन्य अपराध भएको बताएका छन् ।

    विद्यार्थीलाइ पाइपले पिटेको र पिसाब खाएपछि बमिट गरेको उजुरी आएपछि हेर्दा प्रधानाध्यापक बस्ने डेक्समुनी पाइपसमेत भेटिएको गाउँपालिका प्रमुख खड्काले जानकारी दिए । प्रधानाध्यापक जस्तो जिम्बेबार व्यक्तिले गल्ती गर्ने विद्यार्थीलाइ कारबाहि गर्ने प्रक्रिया अन्य हुँदा हुदै यस्तो अपराधिक सजाय दिन नहुने उनको भनाइ छ ।साथै ति प्रधानाध्यापकलाई जिम्मेवारीबाट हटाएर कारवाही गरिएको छ । प्रधानाध्यापकको गतिविधीप्रति आक्रोशित हुदै अभिभावक र विद्यार्थीको मास जम्मा भइ बिहीबार कार्यालयमा आएर उजुरी गरेपछि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका खड्काले शुक्रबार बिहान आकस्मिक छलफलका लागी प्रधानाध्यापक र पिडित विद्यार्थीलाइ बोलाए ।

    आवश्यक सोधपुछ र छलफलका लागी बोलाइएको बैठकमा प्रधानाध्यापक उपस्थित नभएपछि विद्यालय ब्यबस्थापन समितिको बैठकले सहायक प्रधानाध्यापकलाइ निमित्त प्रधानाध्यापकको जिम्मेवारी तोकेर तिमल्सिनालाइ प्रधानाध्यापकको पदबाट हटाइएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।

    ‘कसैले बिष खुवायो भन्दैमा अर्को व्यक्तिलाइ बिष खा भन्न मिल्दैन । गल्ती गर्नेलाइ कानुन बमोजिम कारबाहि हुन्छ ।’ खड्काले भने -‘ यस्तो घटना भएपछि अभिभावक विद्यालय व्यवस्थापन समितिलाइ बोलाएर छलफल गरि अगाडी बढ्न सकिन्थ्यो ।’ खड्काले गाउँपालिका र प्रहरी प्रशासनमा प्रधानाध्यापकको विरुद्ध उजुरी समेत परेकाले कानुन बमोजिम छुट्टै कारवाहिको प्रक्रिया अगाडि बढ्ने समेत जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...