News Portal

  • शिक्षा मन्त्रीकै गृह जिल्ला महोत्तरीमा वर्षौदेखि १ शिक्षककै भरमा मावि स्कूल सञ्चालन

    इभक्तपुर संवाददातामहोत्तरी, ६ जेठ
    ७४९ पटक
    महोत्तरी, ६ जेठ

    महोत्तरीको गौशाला–१० स्थित राष्ट्रिय मावि बहादुरगञ्ज वर्षौंदेखि एकजना शिक्षकको भरमा सञ्चालन भइ रहेको छ । वर्षौं पहिले स्थापना भएको सो विद्यालय एकजना मावि तहका शिक्षकको भरमा सञ्चालनमा रहँदै आएको छ ।

    कक्षा १० सम्म पढाइ हुने सो विद्यालयमा एकमात्र प्रधानाध्यापक शुभकरण यादव मावि तहका शिक्षक हुनुहुन्छ । विद्यालयमा निमावि तहका कुनै पनि शिक्षक छैनन् । प्रावि तहमा रहेको तीन दरबन्दी, दुई राहत, दुई बालविकास र एक कार्यालय सहयोगी गरी नौजना शिक्षकको भरमा विद्यालय सञ्चालन रहँदै आएको छ । जसका कारण पठनपाठन प्रभावित हुनाका साथै विद्यालयमा कार्यसम्पादन गर्नका लागि कठिनाइ हुँदै आएको विद्यालय स्रोतले जनाएको छ । विद्यालयमा कम्प्युटर कक्षा अहिलेसम्म पनि सञ्चालन हुन नसकेको विद्यार्थीले बताएका छन् ।

    विद्यालयमा कम्प्युटरको व्यवस्था भए तापनि शिक्षकको अभावका कारण पठनपाठन हुन नसकेको प्रधानाध्यापक शुभकरण यादवले स्वीकार गरे । उनले आफूले यस सम्बन्धमा स्थानीय सरोकारवाला निकाय, जिल्ला शिक्षा कार्यालय महोत्तरी र शिक्षासँग सम्बन्धित हरेक निकायमा ध्यानाकर्षण गराउँदासमेत कहीँकतैबाट कुनै किसिमको सुनुवाइ वा पहलकदमी हुन नसकेको गुनासो गरे ।
    यस सम्बन्धमा नगर शिक्षा समितिका सदस्यसमेत रहनुभएको गौशाला नगरपालिका–१० का वडाध्यक्ष शेख जलिलले अबको केही दिनमै नगरपालिकाले गर्ने शिक्षक दरबन्दी मिलानमा सो विद्यालयले पहिलो प्राथमिकता पाउने बताए । गौशाला नगरपालिकामा शिक्षा संयोजक गणेश महतो कार्यालयमा लामो समयदेखि उपस्थित नभएपछि यहाँका शैक्षिक गतिविधि प्रभावित हुँदै आएको नगरपालिकाको कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    जाँतोलाई भन्दा हातोलाई सकसक

    लोकतन्त्रको आधारस्तम्भ आवधिक निर्वाचन हो । तर, आवधिक निर्वाचन गर्नु मात्रै सबै कुरा भने होइन...

    भक्तपुर युनाइटेड भयो लिग च्याम्पियन

    भक्तपुर युनाइटेड फुटबल क्लब जिल्ला लिग फुटबल-२०७८ को च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल...

    कक्षा १० को परीक्षा नियन्त्रकमा रायमाझी

    सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको प्रमुखमा अर्जुनबहादुर रायमाझी नियुक्त भएका छन् । उप सचिव रायमाझी राष्ट्रिय...

    श्रेष्ठले फिर्ता गरे साझा पुरस्कारको पैसा

    abhaya

    साहित्यकार अभय श्रेष्ठले साझा पुरस्कारबाट प्राप्त रकम फिर्ता गरेका छन् । आर्थिक अभावले थलिएको साझा...

    बिना सूचना कटुञ्जे स्वास्थ्य चौकीमा कोरोना विरुद्ध खोप लिनेको भीड, कसरी छुटे सयौं मानिस

    katunje healthpost

    कोरोना भाइरसको त्रास बढेसंगै कोरोना विरुद्धको खोप लगाउन सयौं मानिसहरु कटुञ्जे स्वास्थ्य चौकीमा भेला भएपछि...