News Portal

  • शिक्षा र स्वास्थ्यमा रहेको सिन्डिकेट तोड्न गृहमन्त्रीको निर्देशन

    नेपालवाल संवाददाताकाठमाडौं, ६ जेठ
    ११२६ पटक
    काठमाडौं, ६ जेठ

    गृहमन्त्री रामबहादुर थापा‘बादल’ले शिक्षा र स्वास्थ्यमा रहेको सिन्डिकेट तोड्न सरकारले तयारी गरिरहेको खुलासा गरेका छन् । आइतबार गृहमन्त्रालयमा बरिष्ठ प्रहरी अधिकारीहरुलाई निर्देशनको  क्रममा उनले उक्त खुलासा गरेका हुन् ।

    गृहमन्त्रीस्तरीय निर्णयबाट बिभिन्न प्रदेशको प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान व्युरोको प्रमुख तथा महानगरीय प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी पाएका डीआइजीहरुलाई आइतबार मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्रीले शिक्षा र स्वास्थ्यमा रहेको सिण्डिकेट सरकारलाई स्विकार्य नहुने बताएका छन् ।

    ‘ यतायात क्षेत्रको सिण्डिकेट अन्त्यको प्रक्रियामा छ । अब स्वास्थ्य, शिक्षा देखि तरकारीसम्ममा रहेको सिण्डिकेट अन्त्य गर्न जरुरी छ । तपाईहरुले अब सम्हाल्ने कार्यक्षेत्रमा रहेका ति सबै किसिमका सिण्डिकेट हटाउन तयार रहनुस् । ’ उनले भने ।

    सरकारको लक्ष्य विकास र समृद्धि रहेको भन्दै त्यसका लागि सुशसान कायम गर्नु पहिलो शर्त रहेको गृहमन्त्रीको भनाई छ । उनले भने, ‘ त्यो सुशासन कायम गर्ने प्रमुख जिम्मेवारी गृह मन्त्रालयको हो र त्यसमा पनि सुरक्षा निकायको प्रमुख जिम्मेवारी हो । ’

    प्राकृतिक स्रोत र साधनको दोहन भईरहेको भन्दै आफ्नो प्रदेशमा तत्काल त्यो रोक्न पनि प्रदेश प्रहरी प्रमुखलाई उनले निर्देशन दिएका छन् । यस्तै अशान्ति र अस्थिरता फैलाउने विरुद्ध कडा रुपमा प्रस्तुत हुन समेत प्रहरी अधिकारीहरुलाई उनले निर्देशन दिए ।

    उक्त कार्यक्रममा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्रीका सल्लाहकार सूर्यप्रकाश सुवेदीको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...