News Portal

  • मलंगवामा यौन धन्धा चलाइरहेकी महिला पक्राउ

    प्रेमनाथ पाैडेलसर्लाही, ७ जेठ
    २६८६ पटक
    सर्लाही, ७ जेठ

    मानव वेचविखन तथा ओसार प्रसार गरेको अभियोगमा सर्लाही प्रहरीले एक महिलालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
    जिल्ला सदरमुकाम मलंगवामामा यूनिक होटल एण्ड लज संचालन गर्दै आएकी चन्द्रपुर नगरपालिका २ रौतहटकी अमृतमाया वाईवालाई महिलाहरुलाई जवरजस्ती वेश्यावृतिमा लगाएको भन्दै पक्राउ गरी अनुसन्धान थालिएको हो ।

    पक्राउ परेकी अमृतमायाले काठमाण्डौ, सुर्खेत, काभ्रेपलाञ्चोक तथा झापा लगायतका जिल्लाका महिलाहरुलाई विभिन्न किसिमका प्रलोभन देखाई ललाई फकाई ल्याई वेश्यावृतिमा लगाएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए ।

    प्रहरीले सुराकीको आधारमा उनले संचालन गरेको होटलमा खानतलासी गर्दा होटलमा काठमाण्डौं, सुर्खेत तथा झापाका तीन जना महिला फेला परेको र अमृतमायाले आफुहरुलाई विभिन्न किसिमको प्रलोभन देखाई आफुले संचालन गरेको होटलमा राखि नेपाल तथा भारतका पर पुरुषहरुसँग यौन सम्पर्क गर्न वाध्य बनाएको ती महिलाहरुले वयान दिएका प्रहरी नायव उपरीक्षक थापाले बताए ।

    पक्राउ परेकी अमृतमाया माथि जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी थप अनुसन्धान थालिएको छ । उनलाई पुर्पक्षका लागि थुनामा राखी कारवाही अगाडि बढाईएको सर्लाहि प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...