News Portal

  • भक्तपुरले थर्काएपछि पेरिस डाडाँमा यस्तो प्रभाव

    नेपालवाल संवाददाताभक्तपुर, ८ जेठ
    ६३०४ पटक
    भक्तपुर, ८ जेठ

    सानो जिल्ला भक्तपुरले पेरिस डाडाँमा आफ्नो प्रभाव देखाएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय रहेको पेरिस डाँडामा भक्तपुरका नेता र कार्यकर्ताको कारण बेपत्ता योद्धाहरुलाई नबिर्सने बाचा गरिएको हो ।

    नेकपा एमाले र माओबादी केन्द्रको एकता भएर जेठ ३ मा नेपाल कम्युनिष्ट पार्टी बनेपछि नजिकिएको जेठ ७ को बेपत्ता योद्धा दिवस नेकपाले मनाउला कि नमनाउला भन्ने धेरैले चासोका साथ् हेरेका थिए ।

    १९ बर्ष अगाडी २०५६ जेठ ७ गते बिहान टेबहाल काठमाडौंको डेराबाट तत्कालिन नेकपा माओबादीका नेताहरु दण्डपाणी न्यौपाने, नवीन गौतम, मिलन नेपाली र कमला शर्मालाइ तत्कालिन सरकारले गिरफ्तार गरि बेपत्ता बनाएपछि नेकपा माओबादी केन्द्रले बेपत्ता योद्धा दिवस मनाउदै आइएको थियो ।

    यसै सन्दर्भमा भक्तपुरमा जिल्ला पार्टीको स्वीकृतिमा योङ्ग कम्युनिष्ट लिगले भक्तपुरका बेपत्ता योद्धा तथा शहित परिवारको सम्मानमा कार्यक्रम तय गरेपछि नेताहरु ठुलै तनावमा परे ।

    केन्द्रले कार्यक्रम नराखेको अवस्थामा जिल्लाको कार्यक्रममा आउन नेकपाका सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई निकै असमन्जस पर्यो । उनले अघिल्लो रात १ बजे आफू आउन नसक्ने बताएपछि भक्तपुरे नेताहरु आक्रोसित बने । उनीहरुले बेपत्ता योद्धा र शहिदलाई बिर्सेर देखाउन चुनौती दिएपछि बादल झन् झस्किए ।

    बाम गठबन्धन गरेर चुनावमा होमिदा भक्तपुरले बाम गठबन्धन तोडिएको घोषणा गरेकोले पनि नेताहरु भक्तपुरदेखि सतर्क रहदै आएका थिए । बादलले नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसंग रातारात समाधान खोजेका थिए  ।

    बादल नआएपनि कार्यक्रम गर्ने भक्तपुरले तयारी गरिसकेको थियो तर केन्द्रको दबाबले वाईसीएल केन्द्रिय अध्यक्ष रामप्रसाद सापकोटा दीपसिखा र महासचिव सुबोध सेर्पालीले समेत कार्यक्रम हुने कुरा माया मारिसकेका थिए । केन्द्रको कुरा नमाने आफ्नो केन्द्रिय सदस्य बन्ने सपना धरापमा पर्ने भएपछि अतिथि बनाइएका अध्यक्ष नै नआएको एक वाइसीएल जिल्ला नेताले जनाए ।

    पछि कार्यक्रमको बिहान मात्र आफू आउने बादलले निधो गरे । भक्तपुरको सूर्यविनायकमा उनले भक्तपुरबाट तत्कालिन जनयुद्धको क्रममा बेपत्ता बनाइएका र शहिद भएकाहरुको परिवारलाई सम्मान पत्र समेत दिए । त्यतिमात्र होइन , बिहान नै एक निर्णय गर्दै नेकपाको केन्द्रिय कार्यालयमा समेत नेता सुबास नेम्वाङ्गको नेतृत्वमा बेपत्ता योद्धा दिवस मनाउने समय दिउसो १ बजेलाई तय भयो र नेकपाले बेपत्ता योद्धालाई नबिर्सने बाचा गर्यो ।

    यसले पूर्व एमालेप्रति पूर्व माओबादीहरुको अबिश्वास हटेको एक नेताले बताए । ”जनयुद्ध व्यवहारले नै स्वीकार गरेपछि मन मैलो गरिराख्ने कुरा हुदैन । नेकपा एकढिक्का भएर अगाडी बढ्ने यो शुभ संकेत पनि हो ।” उनले दावी गरे ।

    २०५२ फागुन १ देखि तत्कालिन नेकपा माओबादीले संचालन गरेको जनयुद्धमा १७०० बढी बेपत्ता बनाइएका छन् भने १७ हजार शहिद भएका छन् ।

    हेर्नुस् अझै थामिएका छैनन् आमाका आशुँ

    https://www.facebook.com/Nepalwall/videos/833603240165142/

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...