News Portal

  • सांसद हुन् कि पहलमान : सर्लाहीमा सांसद संजयकुमारले कुटे कर्मचारी

    प्रेमनाथ पाैडेलसर्लाही, ११ जेठ
    ३७९७ पटक
    सर्लाही, ११ जेठ

    सर्लाहीमा एक सांसदले कार्यकारीमाथि कुटपिट गरेका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर ३, प्रदेश ‘ख’ का प्रदेश सांसद संजयकुमार यादबले कार्यकारीमाथि कुटपिट गरेका हुन् ।

    कुटाइ खानेमा कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तव रहेका छन् ।

    बुधवार सदरमुकाम मलंगवास्थित एक होटलमा बसिरहेको अवस्थामा दलबलसहित आएका सांसद यादवले अधिकृत श्रीवास्तवलाई रातीको समयमा कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए । उनले आफूसंग जोरी खोजे राम्रो नहुने चेतावनी समेत दिएकाे बताइएको छ ।

    यस अघि पनि सांसद यादवले श्रीवास्तवमाथि दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका थिए । उनीहरुले सर्लाहीका सबै स्थानीय निकाय ठप्प पारेका थिए ।

    एक हप्ता अघि मात्र प्रदेश सांसद् यादबले आफ्नो घर भएको नगरपालिकाको १० नम्बर वडामा कुनै राम्रो विकास योजना नपारेको भन्दै श्रीवास्तवलाई कार्यकक्षमा थुनेर बिना टिप्पणी जबर्जस्ती योजना पास गर्न तथा सम्झौता र कार्यदेशमा हस्ताक्षर गर्न लगाएका थिए ।

    गालीगलौज र दुर्व्यवहार मात्र होइन,  कुटपिटमा नै ओर्लिन थालेपछि सर्लाहीमा जनप्रतिनिधिको पदलाई पहलमान संग तुलना गर्दै व्यंग्य गर्न थालिएको छ ।

    यस अघि पनि मलंगवा नगरपालिकाका वरिष्ठ इन्जिनियर राज कपुर महतोलाई वडा अध्यक्षहरुले कुटपिट गरेका थिए । त्यसैगरी नै हरिपुर नगरपालिकाका कार्यकारी अधिकृत यादव सापकोटालाई पनि नगरपालिका मेयर जमुरुदिन मंसुरले जबर्जस्ती योजनाको रकम भुक्तानी गर्न लगाएपछि उनले नगरपालिकाको काम छाडेर मन्त्रालय हाजिर भएका थिए । मेयर मंसुरले कार्यकर्तालाई बाड्न बिना योजना २७ लाख रुपैयाँ निकासा गरेको र अन्य योजनाहरुमा पनि लागत अनुमान बिना जथाभावी भुक्तानी गर्न थालेपछि मेयर र कार्यकारी बिच विवाद बढेको कर्मचारीहरूले बताएका छन् ।

    जनप्रतिनिधिहरुले स्थानीय सरकार संचालन ऐनको बारेमा राम्रोसँग अध्ययन नगरेकाले पनि यस्तो समस्या आउने गरेको कर्मचारीहरु बताउँछन् । कर्मचारीहरुले यथास्थितिमा काम गर्न नसक्ने नेपालवालसंग जिकिर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...