News Portal

  • एकाबिहानै जीप दुर्घटना हुँदा वडाध्यक्ष सहित ४ को ज्यान गयो

    डडेल्धुरा, १६ जेठ
    १०७३ पटक
    डडेल्धुरा, १६ जेठ

    फाइल फोटो :

    आज बिहान डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से१ज ३३० नं को जीप दुर्घटना हुँदा वडाध्यक्षसहित चार जनाको मृत्यु भएको छ ।

    डोटी आदर्श गाउँपालिका–३ का वडाध्यक्ष प्रेम बोहरासहितको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने अन्यमा गाडीधनी दिपायल सिलगढी–४ का विनोदकुमार रावल तथा आदर्श गाउँपालिकाका लाल बोहरा र जानकी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

    जीपमा ११ जना सवार मध्ये सात जना घाइते भएकामा दुई जनालाई उपक्षेत्रीय अस्पतालबाट अन्यत्र उपचारका लागि सिफारिस गरी पठाइएको छ भने अन्य पाँच जनाको उपक्षेत्रीय अस्पताममा नै उपचार भइरहेको अस्पतालले जनाएको छ । घाइते करुणकुमार यादव र विष्णु विकलाई थप उपचारका लागि सिफारिस गरिएको छ । घाइतेको खुट्टा, टाउको, कम्मर र हातमा चोटपटक लागेको अस्पतालले जनाएको छ ।

    सिलगढीवाट धनगढीका लागि छुटेको उक्त जीप डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको केआइसिंह राजमार्गको गजरौला नजीक दुर्घटना भएको हो । जीपमा सवार सबैको सनाखत भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...