News Portal

  • मध्यरातमा भीडन्त : इन्चार्ज समात्न गएका जवान अस्पताल भर्ना

    नेपालवाल संवाददाताचितवन, २७ चैत
    ७६५ पटक
    चितवन, २७ चैत

    बिप्लव नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्जलाई समात्न गएको प्रहरीमाथि आक्रमण भएको छ । जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण भएको हो ।

    रातमा भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न गएको जिल्ला प्रहरी कार्यालय चितवनको टोलीलाई बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जानकारी गराएको छ ।

    जिप्रका चितवनका डीएसपी शिव शर्मा आचार्यका अनुसार ढुङ्गा लागेर प्रहरी जवान इसु मियाँ धोबी घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    डीएसपी शर्माले बिसी भाग्न सफल भएपनि उनका अंगरक्षक बीरबहादुर तामाङ पक्राउ परेको बताए ।

    यता , नेकपाका चितवन इन्चार्ज बिसीले अर्को ठाउँमा कार्यालय सार्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको बताएका छन् । बिसीले कार्यालय सार्दै गर्दा प्रहरीले मध्यरातमा चारैतिरबाट घेरा हालेर युद्धको झल्को दिएको दावी गरे ।

    प्रहरीले एक कार्यकर्तालाई अपहरण शैलीमा समातेको र कार्यालयबाट नगद एक लाख रुपैयाँ, ल्यापटप एक थान, मोवाइल ६ थान, मोटरसाइलक एक थान, बिसीका कपडा चार जोर, किताब ५, कपी–डाइरी ८ थान, दैनिक उपयोग गर्ने समान कब्जामा लिएको बिसीको भनाई रहेको छ ।

    उनले आफ्ना कार्यकर्ता र कार्यालय सामान अविलम्ब फिर्ता गर्न माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...