News Portal

  • हुम्लामा असुुरक्षित गर्भपतन गर्नेको संख्या बढ्दै

    राजन रावत/हुम्ला
    १२२५ पटक

    हिमाली जिल्ला हुम्लामा असुुरक्षित रुपमा गर्भपतन गराउनेको संख्यामा वृृद्धि भएको छ । गर्भ निरोधक उपाय अपनाउनुु भन्दा गर्भ रहिसकेपछि यसलाई रोक्न बजारमा पाईने औषधिको जथाभावी प्रयोग हुुन थालेपछि यो संख्यामा वृद्धि भएको हो ।

    अहिले यसरी असुरक्षित रुपमा गर्भपतन गराउने महिलाको संख्यामा बृद्धि भइरहेको जिल्ला अस्पतालका डाक्टर रञ्जित कुुमार यादवले बताए । हाल दैनिक जिल्ला अस्पतालमा दिनमा दुुई देखि तीन जनाका दरले यसरी असुुरक्षित गर्भ पतनको औषधि सेवन गरिसके पछि उपचारका लागि आउने गरेका उनले बताए ।

    यसमा हेमोग्लोविन पाँच देखि छ पुुगेर रगत बग्न थालेपछि उपचारका लागि अस्पतालमा आउने गरेको डा. यादवले बताए । निकै थला परिसके पछि अस्पतालमा आउँदा उपचारमा समस्या आउने गरेको डाक्टर यादवले जानकारी दिए ।

    यसरी गर्भपतन गराउनुु छ भने अस्पतालमा गएर चेकजाँच गरि सकेपछि डाक्टरको प्रत्यक्ष सल्लाहमा आउने उपायलाई अबलम्वन नगर्दा समस्या थपिने गरेको छ । सिमकोटमा सञ्चालनमा रहेका पाँच देखि सात वटा मेडिकलमा गएर गर्भ रहि सकेपछि चेक गराउदा छोरी भएपछि यसरी अुुसरक्षित गर्भ निरोधक औषधि प्रयोग गर्ने गरेको पछिल्लो समय बढि पाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...