News Portal

  • सर्लाहीमा भयानक सवारी दुर्घटना : एकको मृत्यु, दुई घाईते

    प्रेमनाथ पाैडेलसर्लाही, १० जेठ
    २९३२ पटक
    सर्लाही, १० जेठ

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन- १० सुखेपोखरीमा एकआपसमा ठोक्किएका दुई मोटरसाईलकलाई बोलेरो जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका छन् ।

    दुर्घट्नामा परी हरिवन -११ का राजन कार्कीका १६ वर्षिय छोरा रेवत कार्कीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । उपचारको क्रममा चुरेहील अस्पताल हेटौडामा उनको मृत्यु भएको हो ।

    दुर्घटनामा घाईते भएका हरिवन नगरपालिका- ११ कै स्वाभिमान अस्पतालका संचालक गौरी महतोका छोरा १६ वर्षिय आदर्श महतोलाई थप उपचारको लागि चुरेहिलबाट काठमाण्डौं रिफर गरिएको छ ।

    त्यस्तै अर्का घाईते हरिवन नगरपालिका १० वस्ने प्रेम बहादुर कटुवालको हरिवन स्थित स्वाभिमान अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

    विहान करीब ७ बजे पूर्वबाट पश्चिम तर्फ गई रहेको ना २१ प ५९५९ नम्बरको मोटरसाईकल र दक्षिण तर्फ सुखेपोखरी क्याम्पस तर्फबाट आइ रहेको ना ३० प ७६१३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घट्ना भएको हो । ठोक्किएर लडेका दुवै मोटरसाईकललाई पश्चिम तर्फबाट आई रहेको ना ४ च १५३० नम्बरको बोलेरो जीपले अनियन्त्रित भई ठक्कर दिएको थियो ।

    एक आपसमा ठक्कर खाई लडेका मोटरसाईकललाई ठक्कर दिने बोलेरोका चालक फरार रहेका छन् । उनको खोजी भई रहेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...