News Portal

  • प्रविधिमैत्री बन्दै हरिवन नगरपालिका : अब अनलाइनबाटै व्यक्तिगत घटना दर्ता सेवा शुरु

    प्रेमनाथ पाैडेलसर्लाही, ११ असार
    १८५८ पटक
    सर्लाही, ११ असार

    सर्लाहीको हरिवनमा अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता सेवा शुरु गरिएको छ । हरिवन नगरपालिका वडा नम्बर ५ ले सर्वप्रथम अनलाईनबाट जन्म, मृत्यु, वसाईसराई लगायतका व्यक्तिगत घट्ना दर्ता गर्न शुरु गरेको हो ।

    वडा अध्यक्ष नागेन्द्र कुमार साहले हरिवन ५ निवासी विनोद र वीर कुमारी घिसिङका छोरा अमन घिसिङको जन्म दर्ता गरी अनलाईन सेवाको आरम्भ गरिएको वडा सचिव वैकुण्ठ भेटवालले बताए । नगरका हरेक वडालाई सूचना प्रविधिमैत्री बनाउने उदेश्यले वडा नम्बर ५ बाट सेवा शुरु गरिएको नगरपालिकाका मेयर गणेश प्रसाईंको भनाई छ । उनका अनुसार अव देखि अनलाईन प्रयोगकर्ताहरुले व्यक्तिगत घट्ना दर्ता गर्न वडा कार्यालय धाई रहनु नपर्ने भएको छ । जहाँसुकै वसेर पनि अनलाईन मार्फत व्यक्तिगत घट्ना दर्ता गर्न सकिने नगरपालिकाले जनाएको छ । मेयर प्रसाईंले यस्को प्रभाव हेरेर अन्य वडामा पनि क्रमश बिस्तार गर्दै जाने जानकारी दिए ।

    अनलाईन प्रविधिको बिकाश भएको भैता पनि अझै ग्रामिण भेगका नागरिकलाई भने प्रविधिबारे जानकारी नहुँदा केही कठिनाइ हुनसक्ने स्थानीय श्रवण कुमार लोप्चनले चिन्ता व्यक्त गरेका छन् । प्रविधिको सदुपयोगका लागि तालिम र अभिमुखीकरण आवश्यक रहेको उनी बताउँछन ।

    अनलाईनबाटै काम हुने भएपछि पछिल्लो पुस्ताका युवाहरु भने उत्साहित भएका छन् । अहिलेको इन्टरनेटको युगमा प्रविधिमैत्री नगरपालिकाको बासिन्दा बन्न पाउदा आफूहरूमा खुसी छाएको स्थानीय बुद्धिमान घलानले बताए ।

    निरन्तर खबरका लागि हाम्रो फेसबुक पेज लाइक गर्नुहोस्

    https://www.facebook.com/Nepalwall/

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...