News Portal

  • हरिवन खोलाले बगाउदा बृद्ध बेपत्ता : बाढीको खतरा बढेकोले सतर्क रहन प्रजिअ पोखरेलको अपिल

    प्रेमनाथ पाैडेलसर्लाही, १८ असार
    २२९१ पटक
    सर्लाही, १८ असार

    आइतबार देखि सर्लाहीमा परेको अविरल वर्षा संगै खोलामा आएको बाढीले बगाउदा सर्लाहीमा एक बृद्द बेपत्ता भएका छ्न् ।
    अबिरल वर्षा का कारण जिल्ला को हरिवन खोलामा आएको बाढीले हरिवन- ९ बिष्णुपुर का ७१बर्षिय बृद्द लाई बगाएर बेपता बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    सोमबार पानी परिराखेको अबस्थामा एक्कासी घरबाट निस्केका बिक लाई खोलाले बगाएको स्थानियबासीले बताएका छ्न् ।
    खोलाले आफ्नो बुवालाई बगाएर बेपत्ता पारेको भन्दै ईलाका प्रहरी कार्यालयमा बिकका छोरा भिमले निबेदन दिएको र निबेदन अनुसार अहिले बृद्द बिकको खोजीको लागि प्रहरी परिचालन गरि सकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पोषराजले बताए ।

    हिजो देखि परेको अबिरल वर्षाका कारण जिल्लाका लखन्देही, बागमती ,फुलजोर ,हरिवन खोलामा पानीको बहाब बढेको छ भने जिल्लाको अधिकांस दक्षिणी क्षेत्र डुवानमा परेका छ्न् ।

    पानी ले जमिन जलमग्न हुदा आबतजावत गर्नमा समेत समस्या भएको किसनपुरका राकेश गुप्ताले बताए ।

    यसैवीच जिल्ला दैवी प्रकोप विपत् ब्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी द्रोण पोख्रेलले वर्षा शुरु भए संगै खोलामा पानीको बहाब बढ्ने र बाढी को खतरा समेत बढ्ने हुदाँ नदि तटीय क्षेत्रमा रहेका नागरिकलाई  सतर्क रहन आग्रह गरेका छ्न् ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...