News Portal

  • शिक्षाका इकाई प्रमुख पराजुली घुस रकम सहित रंगेहात पक्राउ

    नेपालवाल संवाददाताकपिलबस्तु, ३२ असार
    १६४५ पटक
    कपिलबस्तु, ३२ असार

    जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, कपिलबस्तुका इकाई प्रमुख सुरेन्द्र पराजुली घुस रकम सहित रंगेहात समातिएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिशेष टोलीले उनलाई रंगेहात समातेको हो ।

    कर्मचारीहरुको तलव निकाशा गर्न ढीलाई गरी विभिन्न बहनामा घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिइ गएको टोलीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

    इकाई प्रमुख पराजुलीले २ लाख ८० हजार घुसवापतको रकम लिइसकेको अवस्थामा सरकारी निवासबाटै नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी गराए ।

    घुस रकम हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । – सम्पादक

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...