News Portal

  • ‘मेरो गोरुको बाह्रै टक्का’ जस्तो गर्नु गलत भएको भन्दै डा केसीको प्रतिकारमा उत्रियो एसोसियसन

    नेपालवाल संवाददाताविराटनगर, २ साउन
    ३९६६ पटक
    विराटनगर, २ साउन

    डा.गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले बिहीबारका लागि आह्वान गरेको देशब्यापी स्वास्थ्य संस्था बन्द कार्यक्रमको काउन्टरमा निजी मेडिकल र डेन्टल कलेजहरुको छाता संगठन एशोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले बिपक्षमा उभिने बताएको छ ।  एशोसिएसनले आज एक बिज्ञप्ती जारी गर्दै यस्तो घोषणा गरेको हो ।

    बुधबार प्रेस बिज्ञप्ती जारी गरेर स्वास्थ्य संस्था बन्दको प्रतिकारमा उत्रने एशोसिएसनले चेतावनी दिएको छ । एशोसिएसनका महासचिवद्वारा जारी बिज्ञप्तीमा स्वास्थ्य संस्था जस्तो संवेदनसिल क्षेत्रमा गर्न लागिएको बन्दलाई डटेर अवज्ञा गर्न आह्वान गरिएको छ । लाखौं बिरामीहरुको जीवन रक्षाका लागि चिकित्सकहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा निष्ठापूर्वक लागेर आफ्नो कर्तब्य निर्वाह गर्न बिज्ञप्तीमार्फत अपिल गरिएको हो ।

    समस्याको समाधान वार्ताको माध्यमबाट हुने लोकतान्त्रिक बिधि बिपरीत ‘मेरो गोरुको बाह्रै टक्का’ जस्तो गर्नु गलत भएको एशोसिएसनको ठम्याई छ । सर्वोच्चको फैसलालाई हरेक नागरिकले सम्मान गर्नुपर्छ । बिरामीहरुको स्वास्थ्यको ख्याल नगरी बिभिन्न बाहनामा वारम्वार अस्पतालहरु बन्द गर्ने परिपाटीले कसैको भलो नगर्ने बिज्ञप्तीमा उल्लेख छ ।

    ३ बर्षअघि प्रस्तुत माथेमा आयोगको प्रतिवेदन जस्ताको तस्तै लागू गर्न खोज्नु ब्यवहारिक तथा न्याय संगत नहुँने एशोसिएसनको ठहर छ ।

    चिकित्सा शिक्षा बिधेयकको बिषयमा बिज्ञहरु र सरोकारवालाहरुको राय लिई सार्वभौम संसदमानै छलफल गरी लोकतान्त्रिक बिधि र प्रकृयाबाट टुंग्याउँनु नै अहिलेको समस्या समाधानको उत्तम बिकल्प रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

    चिकित्सक संघ जस्तो जिम्मेवार निकायले मध्यस्थताको भूमिका निर्वाह गर्नुको साटो स्वास्थ्य सस्था जस्तो संवेदनसिल क्षेत्रमा बन्द आवहन गर्नु गलत भएको एशोसिएसनको निष्कर्ष छ । चिकित्सक संघले बिहिबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेपछि एशोसियसन त्यसको बिपक्षमा उत्रिएको हो ।

    अध्यादेशको रुपमा संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा बिधेयक हुवहु पारित गर्नुपर्ने माग राख्दै डा.केसी जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अनसन बसिरहेका छन् । उक्त अनसनको पक्ष र बिपक्षमा चिकित्साकर्मी मात्र नभइ बुद्धिजीविहरु समेत खुलेरै प्रस्तुत  भईरहेका छन् । यसैबीच एशोसियसनले घोषणा गरेको प्रतिरोधले परिस्थिति पेचिलो बन्ने देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...