News Portal

  • राजपा चौथोपटक कांग्रेस बोक्न तयार

    नेपालवाल संवाददाताकाठमाडौं, ४ साउन
    ८३७ पटक
    काठमाडौं, ४ साउन

    बिहीबार दिउँसै संसद भवनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राजपा अध्यक्ष मण्डलका अध्यक्षहरुबीच गोप्य वार्ता भएको छ । वार्तामा राजपा अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, महेन्द्र राय यादव, राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादव सहभागी थिए । कांग्रेस स्रोतका अनुसार, सभापति देउवाले भनेका थिए, ‘सरकार अधिनायकवादमा जान लाग्यो, तपाईंहरुले हामीलाई सहयोग गर्नुहोस्, मिलेर जाउँ ।’

    सभापति देउवाको आग्रहमा राजपा अध्यक्ष मण्डलको एक स्वर थियो, ‘जेलमा रहेका सांसद निर्वाचित
    रेशम चौधरीबारे कांग्रेसको धारणा आओस्, हामी कांग्रेसलाई साथ दिन तयार छौँ ।’

    राजपाका नेताहरुले दोहो¥याए, ‘यसअघि पनि तीनपटक कांग्रेसलाई सहयोग गरिसकेका छौँ । रेशमबारे कांग्रेस सकारात्मक भए सरकार छाडेर हामी कांग्रेससँग संसद र सडकमा सँगै हिँड्न तयार छौँ, चौथोपटक बोक्न तयार छौँ ।’

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...