News Portal

  • लोकन्थलीमा संगै सुतीरहेका आफ्नै छोराको घाँटी काटेर बिभत्स हत्या गर्ने बाबु पक्राउ

    नेपालवाल संवाददाताभक्तपुर, १६ साउन
    १६४७ पटक
    भक्तपुर, १६ साउन

    आफ्नै छोराको घाँटी काटेर हत्या गर्ने बाबु पक्राउ परेका छन ।

    मंगलवार राती अन्दाजी १२ बजेको समयमा संगै सुतीरहेका १७ बर्षिय छोरा सागर चापागाईको हत्या गरेको आरोपमा प्रहरीले बाबुलाई बक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा मोरङ सुनबर्षा नगरपालिका वडा नं १ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली रमाईलो चोकमा शिब प्रशाद पौडेलको घरमा डेरा गरी बस्ने बर्ष ४० को डिल्लीराम चापागाई रहेका छन ।

    दाउले घाँटीमा काटि हत्या गरी एक तल्ला माथिबाट हाम फाली फरार भएका डिल्लीराम लाइ तत्काल प्रहरी टोली खटिई गई पक्राउ गरीएको प्रहरीले बताएको छ । डिल्लीरामले घरायसी बिबादका कारणले आफ्नै छोराको बिभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवती रमण पोखरेलले जानकारी दिए ।
    अहिले घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान कार्य गरिरहेको पोखरेलले बताए ।

    प्रतिकृया दिनुहोस्

    एमालेसंग चुनाव चिह्न बाहेक केहि बाँकी छैन : दाहाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष नारायण दाहालले नेकपा...

    खुशुको नेतृत्वमा अखिल(क्रान्तिकारी)को भक्तपुर नगर कमिटी निर्वाचित

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ । रुकेश...

    भक्तपुर सिडिओमा शर्मा

    भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा रुद्रा शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी बाट...

    इन्द्रजात्रा मनाउन गुठि/समुदायसंग समन्वयकारी भूमिका रहन्छ- एसएसपी सिंह

    ऐतिहासिक राष्ट्रिय पर्व ‘इन्द्र जात्रा’ नजिकिदै गर्दा यस पटकको यो जात्रा कसरी सम्पन्न गर्ने भन्ने...

    सेलर्डले भक्तपुरका सञ्चारकर्मीलाई दरवारमा लगेर दियो तालिम

    बाल दिवसको अवसरमा भक्तपुरका सञ्चारकर्मीहरुका लागि मानव बेचबिखन तथा बाल संरक्षणबारे अभिमुखीकरण तालिम सम्पन्न भएको...