News Portal

  • परीक्षामा सधै फेल भएपछि एसपीको वृत्तिविकासमा ‘ब्रेक’

    काठमाडौं, १८ साउन
    ४४० पटक
    काठमाडौं, १८ साउन

    सशस्त्र प्रहरी बल नेपालको एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षामा दुई जना उपरीक्षक (एसपी) अनुत्तीर्ण भएका छन् । अनुत्तीर्णसँगै उनीहरुको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको छ । बढुवालगायत अन्य वृत्तिविकासमा समेत उनीहरु अब निकै पछि पर्नेछन् ।

    सशस्त्र प्रहरी उपरीक्षकद्वय कृष्ण ढकाल र मनिष थापाको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको हो । ढकाल सिसुका मोरङ र थापा सिसुका रौतहटका प्रमुखका रुपमा कार्यरत छन् । सिसं १ कै विनोद श्रेष्ठ र प्रकाश थापाको स्टाफ कलेज यात्रामा पनि ‘ब्रेक’ लागिसकेको छ ।

    सशस्त्रमा तीन पटक स्टाफ कोर्षको प्रवेश परीक्षा दिन पाउने व्यवस्था भएपनि अन्तिम पटक भन्दै मनिषलाई चौथो पटकका लागि मौका दिइएको थियो । तर, लगातार चौथो पटक परीक्षा दिँदा पनि वृत्तिविकासका लागि फलामे ढोका मानिएको स्टाफ कोर्षको प्रवेश परीक्षामै उनी उत्तीर्ण हुन् सकेनन् । स्टाफ कलेज अध्ययन गर्न नसक्ने उनीहरु अब बढीमा एसएसपी मात्रै बन्न सक्नेछन् । सशस्त्रमा डीआईजीका लागि स्टाफ कोर्ष गरेकै हुनुपर्छ । स्टाफ कलेज उत्तीर्ण गरेकालाई स्नातकोत्तरको मान्यता दिइएको छ ।

    सिसं १ का सबै ९ जना गत जेठमा एसपीमा बढुवा भएका थिए । बढुवा गर्दा स्टाफ कलेज उत्तीर्ण गरेका पाँच जनापछि मात्रै स्टाफ कलेज नगरेकाको नाम राखिएको थियो । चौथो समुहको यो प्रवेश परीक्षामा दुई एसपी र २८ नायव उपरीक्षक (डीएसपी) सहित ३० जनाले परीक्षा दिएका थिए । परीक्षामा १२ जना मात्र उत्तीर्ण भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    चारैवटा नगरको नेतृत्व चयनका लागि भक्तपुरमा कांग्रेसका दुई पक्ष भिड्दै, आइतबार नै छिनोफानो

    नेपाली कांग्रेसको  नगर अधिवेशनमा नेतृत्व चयनका लागि भक्तपुरमा चुनावी भिडन्त हुने भएको छ । चारैवटा...

    बाटीको नेतृत्वमा बन्यो एकीकृत समाजवादीको ३१ सदस्यीय भक्तपुर नगर कमिटी

    माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ ।...

    शासक दलहरु एमसीसी पास गर्ने मौका पर्खिरहेका छन् : गोसाई

    नेपाल मजदुर किसान पार्टीले शुक्रबार चामुण्डा–विन्द्रासैनी नगरपालिकाको जम्मुकाँध बजारमा जुलुस प्रदर्शन तथा सभाको आयोजना गरेको...

    भक्तपुरमा घरेलु फोहरलाई प्रांगारिक मल बनाउने सम्बन्धी तालिम

    भक्तपुर नगरपालिकाले घरेलु फोहरलाई प्रांगारिक मल बनाउने सम्बन्धी तालिम दिएको छ । रिकिसी कम्पोष्ट प्रा.लि....

    लोग्नेस्वास्नी नै लागू औषध कारोबारी, पाँच तहसम्मका कारोबारी पक्राउ गरिएको प्रहरीको दावी

    भक्तपुर प्रहरी लागू औषधको पाँच तहसम्मका कारोबारी पक्राउ गर्न सफल भएको छ । करिब २...