News Portal

  • दुर्लभ डल्फिनको कर्णालीमा बाक्लो चहलपहल

    काठमाडौं, १८ साउन
    ८५६ पटक
    काठमाडौं, १८ साउन

    नेपालका लागि लोपोन्मुख र दुर्लभ सूचिमा सामेल डल्फिनको चहल–पहल कर्णालीको सहायक नदी मोहना र आसपासका जलप्रणालीमा बाक्लै देखिएको छ । मोहनाका सहायक नदीहरु काँडा, कान्द्रा, पथरिया र आसपासमा ४७ वटा डल्फिन भेटिएका छन् ।

    नेपाल जैविक विविधता अनुसन्धान समाजले ती क्षेत्रमा स्थलगत अध्ययन÷अवलोकन गर्दा ७ वटा वयस्क भाले फेला परेका छन् भने १२ वटा वच्चा र बाँकी २८ मध्ये धेरै पोथी भेटिएका छन् । २८ मध्ये केहीको लिङ्ग पहिचान नभएको वन्यजन्तुविद् प्राडा मुकेश चालिसे जानकारी दिए ।

    चालिसे नेतृत्वको टोलीले गत शुक्रवार र शनिवार मोहना र आसपासका जलप्रणालीमा डल्फिनको वस्तुस्थिती अध्ययन गरेको थियो । मोहना नदीका करिव ५० मध्ये ३७ वटा घाटमा सुक्ष्म अध्ययन÷अवलोकन गर्दा पथरिया र मोहनाको दोभान (ढुंगाना टोल)को एउटै घाटमा ७ वटा डल्फिन देखिएको उनले जानकारी दिए ।

    ‘पथरिया र मोहना दोभान बाहेक अन्यत्र एकै साथ त्यस्तो ठूलो संख्या भेटिएन, ३७ वटा घाटको अवलोकन गर्दा २४ ठाउँमा डल्फिन भेटिए, चालिसेले भने–‘बाँकी १३ वटा घाटमा भने देखिएन ।’

    गणनाका क्रममा वर्षा नभएकाले जलसतह घट्दा अपेक्षा गरिएका भेगमा सो जन्तुको चहल–पहल नदेखिएको उनको भनाई छ । डल्फिन गणना कार्यका लागि ६३ जनशक्ति परिचालन गरिएका थिए भने स्थानीय डल्फिन संरक्षण केन्द्रका अध्यक्ष ८४ बर्षिय भोजराज श्रेष्ठ सहितको टोलीले पनि सघाएको थियो ।

    एउटा घाटदेखि अर्को घाटसम्मको दुरी कम्तिमा एक किलोमिटर तय गरेर गणना गरिएको र त्यस क्रममा देखिएका÷ भेटिएका डल्फिन एउटै हो होइन भनेर पटक–पटक परीक्षण गरिएकाले संख्यामा शंका गर्न नपर्ने गणक टोलीको दावी छ । गणनास्थल कैलालीको टिकापुर र भजनी नगरपालिका आसपासको क्षेत्र हो । डल्फिनको गणनाका अतिरिक्त विचरण क्षेत्र, बासस्थान र बासस्थानको गुणस्तर परीक्षण गर्न पानीको नमूना संकलन गरिएको र केही दिनमा विस्तृत पक्ष थाहा हुने गणना टोलीका अर्का विज्ञ सुनिल खतिवडाले बताए ।

    ‘विभिन्न ८ वटा घाटको पानीको नमूना संकलन गरिएको छ, विस्तृत विश्लेषण केही दिनमा हुनेछ’– त्रिचन्द्र क्याम्पसका प्राणीशास्त्रका अध्यापक समेत रहनु भएका उनले भने । गत वर्ष हिउँद याम शुरु हुनु अघिको गणनामा मोहना र आसपासमा २४ वटा डल्फिन फेला परेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ले डल्फिन सहित विभिन्न २७ स्तनधारी जन्तुलाई संरक्षित सूचीमा सूचिकृत गरेको छ । कर्णाली र त्यसका सहायक नदी, सप्तकोशी र नारायणी नदीमा ‘ग्याङ्गेटिक रिभर डल्फिन’का प्रजातीको चहल–पहल हुने गरेपनि मोहना र आसपास बाहेक अन्यत्र यो जन्तुको संख्या उत्साह जनक छैन ।

    २ वर्ष अघिको राष्ट्रिय स्तरको गणनामा मोहना र आसपासमा करिव ३ दर्जन, सप्तकोशीमा १ दर्जन र नारायणीमा २ वटा डल्फिन भेटिएका थिए । नारायणीको भेलौजी आसपासको क्षेत्रमा हरेक वर्ष एक÷दुई वटा डल्फिन देखिने गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । बढ्दो नदी प्रदुषणका कारण २ दशकयता नारायणीमा डल्फिनको चहल–पहल व्यापक घटेको विज्ञहरु बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...