News Portal

  • प्रहरीको हत्या आरोपी मन्त्रीको सुरक्षामा प्रहरी नै तैनाथ, पक्राउ गर्न उच्च अदालतको परमादेश

    नेपालवाल संवाददाताजनकपुर, १८ साउन
    १०२३ पटक
    जनकपुर, १८ साउन

    मधेस आन्दोलनका बेला सशस्त्र प्रहरी बलका असई थमनबहादुर विकको हत्याका आरोपी २ नम्बर प्रदेशका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मासहित २८ अभियुक्तहरुलाई अविलम्ब पक्राउ गर्न जनकपुर उच्च अदालतले परमादेश जारी गरेको छ ।

    हत्याका प्रतिवादीलाई पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालत महोत्तरीबाट आदेश भएपनि जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा कार्यालय प्रमुखले प्रतिवादीलाई पक्राउ नगरेका कारण अबिलम्ब पक्राउ गर्न उच्च अदालतले परमादेश जारी गरेको हो ।

    हत्याको २८ जनामाथि आरोप छ । तीमध्ये महोत्तरीका सञ्जय साह र प्रदीप साह पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । अर्का अभियुक्त मोहन ठाकुर तारिखमा छन् । उच्च अदालत, जनकपुरका रजिस्ट्रार मानबहादुर कार्कीले परमादेशको फैसलासहित बाँकी सबै अभियुक्त पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिने बताए । पत्र प्राप्त गर्नासाथ प्रहरीले यी फरार प्रतिवादीहरुलाई पक्राउ गरेर अदालतमा उपस्थित गराउनुपर्ने कार्की बताउँछन् ।

    विकको हत्या आरोपी अभिराम शर्मा प्रदेश २ को सामाजिक विकास राज्यमन्त्रीमा भर्खरै नियुक्त भएका छन् । सशस्त्र प्रहरी बलका असईको हत्या आरोप लागेका उनलाई सशस्त्र प्रहरीले नै सुरक्षा दिइराखेको छ ।

    अर्का अभियुक्त रामशंकर मिश्र (शंकर शाही) जलेश्वर नगरपालिकाका मेयर छन् । शर्मा र मिश्र राजपाबाट निर्वाचित जनप्रतिनिधि हुन् । यस घटनाका मुख्य अभियुक्त कौशल राय रहेका छन् । राय संघीय समाजवादी फोरमबाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्यसमेत हुन् ।

    महोत्तरीमा कार्यरत विकको २०७२ भदौ २५ गते ह्दयबिदारक हत्या गरिएको थियो । आन्दोलनकारीको आक्रमणमा गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएपछि आन्दोलनको उचाइ पनि घट्न पुगेको थियो ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...