News Portal

  • भरतपुर महानगरको विभिन्न २० स्थानमा आइल्यान्ड

    राजेन्द्र आचार्यचितवन, १८ साउन
    १२०४ पटक
    चितवन, १८ साउन

    चितवनको भरतपुर महानगर क्षेत्रको मुख्य राजमार्ग क्षेत्रमा ट्राफिक पोष्ट (आइल्यान्ड) राखिएको छ ।

    महानगर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहजता होस् भनि महानगरले दिगो शहरी विकास नीति अनुसार विभिन्न २० स्थानमा ट्राफिक पोष्ट (आइल्यान्ड) राखेको हो ।

    चितवननको भरतपुर महानगरमा तीन पाग्रे सवारी व्यवस्थापनमा सक्रिय भएको दुई साता भित्र नै भरतपुर महानगरकी मेयर रेणु दाहालले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहजता होस् भनि ट्राफिक पोष्ट (आइल्यान्ड) राख्न लगाएकी हुन् ।

    महानगरको वोर्ड बैठकबाट निर्णयबाट भरतपुरमा ट्राफिक पोष्ट (आइल्यान्ड) थालिएको मेयर सचिवालयले जनाएको छ ।
    सार्वजनिक नीजि साझेदारी कार्यक्रम अन्र्तगत महानगरको पहलमा श्रद्धा हाउजिगं प्रा.लि.ले १० बर्षका लागि जिम्मा लिई उक्त ट्राफिक पोष्ट (आइल्यान्ड) राखेको हो ।

    क्रमिक रुपमा महानगरको सबै क्षेत्रमा ट्राफिक पोष्ट (आइल्यान्ड) राख्ने सम्झौता समेत भएको महानगरका प्रमुख कार्यकारी अधिकृत नेत्र सुवेदीले जानकारी दिए । श्रद्धाले २० वटा पोष्ट वापत हरेक बर्ष २ लाख रुपैया राजश्व समेत महानगरलाई बुझाउने उनले बताए ।
    उनले भने– ‘सडकमा भिड कम भएको वेलमा ट्राफिकलाई आराम गर्ने वातावरण आइल्यान्ड निर्माणले मिल्नेछ ।’

    केन्द्रिय बसपार्क चोक, हाकिमचोक, चौविसकोठी, वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक, सहिदचोक, पुलचोक, लिला चोक, पोखराबस पार्क चोक, आपटारी चोक लगायतका २० ठाउँ पोष्ट राखिएको मेयरको सचिवालय टिमका गोपालकृष्ण न्यौपानेले जानकारी दिए ।

    सो पोष्टमा सोलारको समेत गरि मोबाइल फोनलाई चार्ज गर्न मिल्ने व्यवस्था मिलाइएको छ भने ट्राफिकको पानी परेको बेला लगाउने कपडा र पानी राख्ने ठाउँसमेत छ ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...