News Portal

  • मानव तस्करीलाई नेपालले गम्भीर रुपमा लिएको छ –गृहमन्त्री थापा

    नेपालवाल संवाददाताकाठमाडौं, २२ साउन
    ५९३ पटक
    काठमाडौं, २२ साउन

    गृहमन्त्री रामबहादुर थापा‘बादल’ले मानवतस्करी, बेचविखन र यस सम्बन्धी अन्तरदेशिय अपराधलाई नेपालले गम्भिर रुपमा लिएको बताएका छन् ।

    ईण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘ मानवतस्करी, बेचविखन र अन्तरदेशिय अपराध ’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई आज त्याहाँ संवोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भिर रुपमा लिएको बताएको उनको सचिवालयले जनाएको छ ।

    सचिवालय स्रोतका अनुसार उनले दिगो मानव विकास, कानुनी शासन र नागरिक सुरक्षाका लागि मानतस्करी र वेचविखन बाधकको रुपमा देखा परिरहेको टिप्पणी गरे ।

    गृहमन्त्री थापाले मानवतस्करी, बेचविखन र अन्तरदेशिय अपराधको सम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदानप्रदान र कानुन कार्यान्वयन गर्ने निकायहरुबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वाँस व्यक्त गर्नुका साथै बिभिन्न देशमा रहेका आप्रवासी कामदारको हितका लागि समेत यो सम्मेलनले दिशा निर्देश गर्ने आशा व्यक्त गरेको बताइएको छ ।

    आज सम्पन्न हुने सातौ मन्त्रीस्तरीय सम्मेलनमा बिभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी छन् । सन २००२ मा बालि प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न शुरु गरिएको हो ।

    नेपाल सहित चिन, भारत, अस्ट्रेलिया लगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघिय एजेन्सीहरु आईओएम, युएनएचसिआर र युएनओडिसी सम्मेलनको सदस्यको रुपमा रहेका छन् ।

    गृहमन्त्रालयको चारसदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा गत आईतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी साउन २३ गते नेपाल फर्कने कार्यक्रम रहेको उनका प्रेस संयोजक किरण भट्टराइले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...