News Portal

  • दाहिने हात मानिएका पार्टी प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि बोले विप्लव,२९ गते नेपाल बन्दको घोषणा

    दीया चन्दकाठमाडौँ, २३ साउन
    १४६७ पटक
    काठमाडौँ, २३ साउन

    नेकपा कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड गिरफ्तार परेलगत्तै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बिरोध जनाएका छन् । मंगलबार राति साढे सातबजे प्रकाण्डसहित हरिशचन्द्र आचार्य र मिनबहादुर श्रेष्ठलाईसमेत बिना कारण गिरफ्तार गरेको भन्दै महासचिव विप्लवले त्यसको कडा शब्दमा भ्रत्सर्ना गरेका छन् ।

    बुधबार एक विज्ञप्ति मार्फत उनले सम्पूर्ण राजनीतिक मूल्य मान्यतालाई मिच्दै ओली-प्रचण्ड सरकारले कायरतापूर्ण गिरफ्तारी गरेको भन्दै आपत्ति समेत जनाएका छन् । साथै बिनाकारण गिरफ्तार गरिएका प्रवक्ता प्रकाण्डसहित सम्पूर्ण पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य र अन्य नेता कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे कडा संघर्षमा जाने चेतावनी दिएका छन् ।

    ‘हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रवक्ता प्रकाण्ड, पीबीएम कमरेडहरु, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ ।’ महासचिव विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ – ‘अन्यथा पार्टी फासिवादी दमनको सशक्त बिरोध गर्ने चेतावनी दिन चाहन्छ ।’

    केपी सरकारले राजनीतिक अधिकारमाथि एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउदै गएको भन्दै महासचिव विप्लवले सरकारको यस प्रकारको रबैयाको कडा प्रतिवाद गर्न पनि सबै सच्चा लोकतान्त्रिक र देशभक्त शक्तिहरुलाई आव्हान गरेका छन् ।

    जनताको अपुरो राजनीतिक अधिकार प्राप्तिका लागि नेकपा लागिपरेको भन्दै उनले यो अभियानलाई कुल्चने अथवा दमन गरेर सिध्याउने दु:स्वप्न नदेख्न समेत ओली-प्रचण्डलाई चेतावनी दिएका छन् । जनतामाथि लुट मच्चाउनेहरुको लुटको स्वर्ग छिट्टै ध्वस्त हुने समेत विप्लवको उद्घोष छ ।

    ‘हाम्रो पार्टी यो अभियानलाई कुल्चने, दमन गरेर सिध्याउने दुःस्वप्न नदेख्न चेतावनी दिन चाहन्छ । इतिहासले पुष्टि गरेको सत्य के हो भने दमनले प्रतिरोध जन्माउँछ र जनतामाथि लूट मच्चाउनेहरूको स्वर्ग ध्वस्त हुन्छ । दमनले भीषण सङ्घर्ष निम्त्याउँछ । दमनको बाटो भनेको पराजयको बाटो हो भन्ने यो सरकारले बुझिराखे हुन्छ ।’ विज्ञप्ति भनिएको छ- ‘यो दमनले हामी एकरत्ति पनि विचलित भएका छैनौँ । सबै कमरेड, समर्थक र शुभचिन्तकलाई आफ्नो क्षेत्रमा डटिरहन अनुरोध गरिन्छ ।’

    ओली सरकारको दमनबिरुद्ध उनले चरणबद्ध संघर्षको घोषणा समेत गरेका छन् । जसअनुसार साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशालजुलुस र २९ गते नेपाल बन्द छ ।

    प्रवक्ता प्रकाण्डलाई प्रहरीले मंगलबार राति साढे ७ बजे काठमाडौंको चोभारबाट गिरफ्तार गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...