News Portal

  • वीपी हाइ-वे मा यात्रा गर्दा ठगिनु भएको त छैन ? थाँहा पाउनुस् तपाईको गन्तव्यको सहि भाडादर

    बाबुराम दाहालकाठमाडौं, १ भदाै
    १३५१ पटक
    काठमाडौं, १ भदाै

    वीपी लोकमार्ग बनेपछि राजधानीसंग तराई र पूर्वको दुरी घटेको छ । सडक यातायात भएर आवतजावत गर्ने यात्रीहरुको पहिलो रोजाइ वीपी हाइ- वे नै बन्ने गरेको छ ।

    हाइ- वे मा यातायात व्यवसायी र यातायात मजदूरका कारण ठगिने यात्रीहरुको कमी पनि छैन । आफ्नो पेशाव्यवसाय प्रति इमान्दार नभएका केहि मानिसहरुको कारण यो क्षेत्र बदनाम बनेको स्वयम् व्यवसायीहरु नै स्वीकार गर्दछन ।

    लामो समय सम्म भारत बसाइबाट आफ्नो जन्मघर रामेछाप जान हिडेका ३५ वर्षीय कुमार खत्रीको परिवार लाई बर्दिवासमा एक जीप काउन्टर वालाले काठमाडौको टिकट थमाइदिए । भोलीपल्ट काठमाडौबाट रामेछाप जाने योजना बनाएका कुमार त्यतिबेला अचम्ममा परे जव सगै यात्रा गरेकाहरुले खुर्कोटबाट आधा घन्टामै उनको घर पुग्न सकिने कुरा सुनाइदिए । त्यतिबेला उनले नेपालवालसंग भनेका थिए ” आफ्नै देशमा आएर यसरी ठगिएला भन्ने सपनामा पनि सोचेको थिइन् । मैले नेपाल छोड्दा म सानै थिए त्यतिबेला सबै राम्रा थिए । भारतमा हाम्रो इमान्दारीताको मिसाल दिइन्छ । हामी भने हाम्रै देशमा ठगिदा रहेछौ ।”

    उनी अन्य सहयात्रीलाई धन्यवाद दिंदै खुर्कोटमा ओर्लिए । खुर्कोटबाट गाडीमा काठमाडौका लागि यात्रु पनि थपिए तर खत्री परिवारको पैसा फिर्ता गर्ने बारे यातायात मजदूर मौन नै रहे ।

    यो त एक उदाहरण मात्र हो । यात्रुको बारेमा रत्तिभर पर्वाह नगर्ने र आफ्नो पैसा मात्र हेर्ने यातायातकर्मीहरुको फेला नपरेका यात्री कमै होलान ।

    भाडाबारे सहि सूचना नहुदा संगै यात्रा गर्नेहरुले पनि फरक फरक भाडा तिरेर यात्रा गरिरहेको पाउन सकिन्छ । तपाई काठमाडौ बर्दिवासको यात्रा गर्दै हुनुहुन्छ भने कम्तिमा ७ सय तपाईले तिरेकै हुनुपर्छ जबकि नेपाल सरकारले तोकेको भाडा दर भने ५ सय ३३ मात्र हो ।

    ठगिनु पैसा गुमाउनुसंग मात्र सम्वन्धीत छैन, यसले तपाईहाम्रो कमजोरीको प्रतिनिधित्व पनि गर्छ । तपाईहाम्रो कमजोरीका कारण ठगी प्रवित्तिको रुपमा नफैलियोस भन्ने कुरामा तपाईहामी सचेत हुनुपर्ने हुन्छ ।

    हेर्नुस् तपाईको गन्तव्यको सहि भाडादर र सजग रहनुस् यात्रामा कतै तपाइँ ठगिदै त हुनुहुन्न ?

    १ काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास     २०० किमीको रु. ५३३
    २ काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–मन्थली      १४० किमीको रु. ३८१
    ३ काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–मन्थली– तामाकोशी–चरीकोट   १९८ किमीको रु.५७३
    ४ काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–मन्थली– तामाकोशी¬जिरी २२०किमीको रु.६५३
    ५ बर्दिवास–सिन्धुलीमाढी–खुर्कोट–रामेछाप–मन्थली–चरिकोट १६४ किमीको रु. ४६८
    ६ काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–सिन्धुलीमाढी–बर्दिवास–विराटनगर ३९४ किमीको रु ८५६
    ७ काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–सिन्धुलीमाढी–बर्दिवास–धरान                    ३९१किमीको रु. ८५१
    ८ काठमाडौं–धुलिखेल–खुर्कोट–सिन्धुली–बर्दिवास–धनकुटा                                   ४४०किमीको रु. ९९२
    ९ काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–सिन्धुलीमाढी–बर्दिवास–काकडभिट्टा             ४६२किमीको रु.९७४
    १० काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–भद्रपुर      ४५८किमीको रु.९६७
    ११ काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–बुधवारे     ४१९किमीको रु८९९
    १२ काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–गौरीगञ्ज  ४३७ किमीको ९३१
    १३ काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–मधुमल्ला  ३८५ किमीको ८४१
    १४ काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–सिन्धुलीमाढी–बर्दिवास–बसन्तपुर हिले       ४७३किमीको रु १०८५
    १५ काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–राजविराज ३०७किमीको रु ७०५
    १६ काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–जनकपुर  २२९किमीको रु ५७१
    १७ काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–जलेश्वर  २४७किमीकोरु ६०२
    १८ काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–दमक       ४१५ किमीको रु ८९३
    १९ काठमाडौं, नयाँ वसपार्क–धुलिखेल–खुर्कोट–सिन्धुलीमाढी–बर्दिवास–शनिश्चरे  ४१२ किमीको रु ८८८

    उल्लेखित भाडादरमा डिलक्सको सुविधा लिएका सवारी साधनले मात्र २० प्रतिशत थप गरी भाडा लिन पाउने व्यवस्था रहेको छ । डिलक्सको सुविधा लिएका सवारी साधनले गाडीमा डिलक्स लेखेका वा डिलक्स भएको कागजात राखेका हुन्छन् । यदि कुनै सवारी साधनले माथि तोकिए भन्दा बढी भाडा लिएमा वा कसैसंग बढी भाडा लिएको जानकारी भएमा तत्कालै ट्राफिक प्रहरी कार्यालय (१०३) वा यातायात व्यवस्था विभाग (०१–४४७९९९४) मा जानकारी गराएर कारवाही गराउन सकिन्छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...