News Portal

  • नोबेलमा बिरामीको लागि ‘रेस्पोन्स् टीम’ परिचालन (भिडियो रिपोर्टसहित)

    नेपालवाल संवाददाताविराटनगर, ६ भदाै
    १७३९ पटक
    विराटनगर, ६ भदाै

    विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा ब्यापक सुधार गरेको छ । नोबेलले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको हो ।

    बिरामीको सहजताका लागि आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको संख्या बढाउँनुका साथै २४ सै घण्टा ‘रेसपोन्स टिम’ र ‘ट्रली ब्वाई’ परिचालन गरिएको छ । आकस्मिक अवस्थामा आएका बिरामीलाई खर्च अभाव भएमा सर्तनामा गराएर उपचार गराउँन कर्मचारी पनि खटाईएको अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिईन् । उनका अनुसार बिरामीलाई सहज रुपमा आकस्मिक कक्षमा पुर्याउँन २४ सै घण्टा अस्पतालको गेटमा ‘ट्रली ब्वाई’ खटाईएको हो । ‘ट्रलि ब्वाई’ ले बिरामी आईपुग्ने बित्तिकै एम्बुलेन्सबाट बिरामीलाई निकालेर सकेसम्म छिटो उपचारका लागि आकस्मिक कक्षमा पुर्याउँने गर्छन् ।


    यता, बिरामीलाई तुरुन्त उपचारका लागि ९ जना स्वास्थ्यकर्मीको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ परिचालन गरिएको छ । बिरामीलाई आवश्यकता अनुसार तत्काल शल्यक्रिया वा सघन उपचारका लागि अस्पताल सञ्चालक र अस्पताल प्रशासनका प्रतिनिधिले निगरानी गरी ढिलाई हुन नदिन प्रभावकारी भूमिका निर्वाह गर्ने गर्छन् । ईमर्जेन्सीमा २ जना बिरामी बराबर एकजना नर्सिङ स्टाफ खटाइएको छ । उनीहरुले बिरामीसँग सम्बन्धित डाक्टरलाई बोलाएर आवश्यकता अनुसार उपचारको ब्यवस्थापन मिलाउँने गर्छन् । रेसपोन्स टिमसँगै न्यूरो सम्बन्धि बिरामीका लागि तत्कालै उपचारको ब्यवस्थापन गर्न न्यूरोका नर्सहरुको छुट्टै टिम पनि परिचालन गरिएको ईमर्जेन्सी ईन्चार्ज डा.अमितकुमार अग्रहरीले बताए ।

    ईमर्जेन्सीमै भेन्डिलेटरसहितको आईसीयू कक्षको पनि ब्यवस्था मिलाईएको छ । ईमर्जेन्सीमा इसीजी, ल्याब परीक्षण, अल्ट्रासाउण्ड, एक्सरे लगायतको ब्यवस्था गरेपछि बिरामीको उपचारमा थप सहज भएको छ । ईमर्जेन्सी कक्षमा २४ सै घण्टा बिशेषज्ञ डाक्टरसहितको टिम खटिने गर्छ । पहिलेको तुलनामा डाक्टरहरुको संख्या पनि बृद्धि गरिएको छ । नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले ईमर्जेन्सी सेवालाई प्रभावकारी बनाउँन चासो देखाएपछि ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरी छिटो, छरितो र गुणस्तरीय बनाईएको हो ।

    नोबेलले ईमर्जेन्सी सेवामा सुधार गरेपछि उपचारमा सहज भएको बिरामी र बिरामीका आफन्तको भनाई छ । उपचारका लागि आमालाई नोबेल लिएर आएका सुनसरीको ईनरुवाका शिशिर दत्त र हजुरआमाको उपचारका लागि नोबेल आएका मोरङको पथरीशनिश्चरेका लालबहादुर बुढाथोकीले नोबेलको ईमर्जेन्सी सेवामा ब्यापक सुधार पाएकाले उपचारमा धेरै सहज भएको प्रतिक्रिया दिए । उनीहरुजस्तै अधिकांस बिरामी र बिरामीका आफन्तले उपचारमा सहज भएको प्रतिक्रिया दिने गरेका छन् ।

    इमर्जेन्सीमा आउने बिरामीहरुलाई कुनै किसिमको समस्या नहोस् भनेर अस्पतालको गेट देखिनै स्वास्थ्यकर्मी र कर्मचारी परिचालन गरिएपछि बिरामीले पनि सहज अनुभूति गर्न पाएका हुन् । गुणस्तरीय सेवालाई प्राथमिकता दिदै आएको नोबेल अस्पतालले आवश्यकता अनुसार सेवामा स्तरीयता बढाउँदै लगेपछि बिरामीको आकर्षण पनि बढ्दै गएको छ ।

    हेर्नुस्भिडियो रिपोर्ट https://youtu.be/x9078_M7mrE

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...