News Portal

  • येन बद्धो बलिराजा दानवेन्द्रो महाबल: भन्दै यसकारण बाधिन्छ रक्षाबन्धन

    नेपालवाल संवाददाताभक्तपुर, १० भदाै
    ३४९२ पटक
    भक्तपुर, १० भदाै

    रक्षाबन्धन हिन्दू र जैन धर्मावलम्बीले मनाउने पर्व हो । यसलाई प्रतिवर्ष श्रावण महिनाको शुक्ल पूर्णिमाको दिन मनाउने गरिन्छ ।
    श्रावण (सावन) मा मनाउने भएर यसलाई श्रावणी (सावनी) पनि भनिन्छ तर यस बर्ष भने मलामसको कारण यो पर्व भदौ महिनामा परेको छ ।

    रक्षाबन्धनमा रक्षासूत्र र राखीको बिशेष महत्व छ । राखी काचो धागोको सस्तो देखि रेशमी धागो तथा सुन चाँदी जस्ता मँहगो वस्तु बाट बनेको पनि हुन्छ । राखी सामान्यतः दिदी बहिनीले दाजुभाइलाई बाधिदिने र दीर्घायुको कामना गर्ने गरिन्छ ।

    ब्राह्मण, गुरु र परिवारका जेष्ठ सदस्यले यस अवसरमा रक्षाबन्धन बांधीदिने र आशिर्वाद दिने परम्परा छ ।

    रक्षासूत्र बाँध्ने समय कर्मकाण्डी पण्डित या आचार्य संस्कृतमा एक श्लोक उच्चारण गर्ने गर्दछन् , जसानुसार रक्षाबन्धनको सम्बन्ध राजा बलिसंग जोडिएको पाइन्छ ।। भविष्यपुराण अनुसार इन्द्राणी द्वारा निर्मित रक्षासूत्रलाइ देवगुरु बृहस्पतिले देवराज इन्द्रको हाथमा बांध्दै यो मन्त्र पढेका थिए जुनकारण अहिलेपनि रक्षाबन्धन बाध्ने समय यो पाठ गरिन्छ ।

    येन बद्धो बलिराजा दानवेन्द्रो महाबल:।
    तेन त्वामपि बध्नामि रक्षे मा चल मा चल ॥

    यस श्लोकको भावार्थ यस्तो हुन्छ – “जून रक्षासूत्रबाट महान शक्तिशाली दानवेन्द्र राजा बलिलाइ बाँधिएको थियो , उही रक्षासूत्रबाट म तिमीलाई बाध्दैछु । हे रक्षे (राखी)! तिमी आफ्नो संकल्पमा अडिग रहनु !

    एकसमय देवराज इन्द्र र दैत्यराज वृतासुरका साथ १२ वर्षसम्म भयकरं युद्ध चलेको थियो । युद्धमा हार बेहोरेपछि बाच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर बसिरहेका इन्द्रलाई देवगुरु बृहस्पतिले यसैदिन इन्द्रको कल्याण एवं विजय कामना होस भनी श्रावणमासको पुर्णिमाको शुभमुर्हतमा इन्द्रलाई रक्षासुत्र अर्थात रक्षाबन्धन बाधेर बल प्रदान गरेका थिए । र त्यसपश्चात इन्द्रको जीत भएको थियो भनिन्छ । त्यसैले रक्षाबन्धन गर्ने प्रचलन रहिआएको पौराणिक मान्यता छ ।

    यस दिन तागाधारीहरुले पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने परम्परा चलिआएको पाइन्छ । हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । विधिपूर्वक जनै मन्त्रन यजमानहरू आज बिहान सबेरै आ–आफ्ना गुरु–पुरोहितकहाँ जाने गर्दछन् । ऋषि तर्पणी हिन्दू तागाधारी जातिले देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित नदीकिनार पोखरी तालतलैमा गई तर्पण गरिने चलन भएकाले यस पर्वलाई ऋषितर्पर्णी समेत भनिन्छ ।

    आज काठमाडाैंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर र सप्तऋषि, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु, रामेछापको पाँचपोखरी, सिन्धुपाल्चोकको दुधपोखरी, लमजुङ–मनाङ–कास्कीको दोभानमा रहेको त्रिवेणी, बाजुराको बडीमालिका, त्रिवेणी लगायतका स्थानमा पवित्र स्नान गरी महादेवको पूजाअर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लागेको छ ।

    आजको दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ। यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।

    नेवार समुदायमा आजका दिनलाई गुन्हु–पुन्ही भनी मनाइने परम्परा छ। विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा गाडिदिएको जनविश्वास अनुसार आजको दिन भ्यागुताको पूजा गर्ने प्रचलन छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...