News Portal

  • सरकारसँग वार्ताबारे महासचिव विप्लवले खोले मुख (हेर्नुस् विज्ञप्ति)

    नेपालवाल संवाददाताकाठमाडौं, १२ भदाै
    ९५४ पटक
    काठमाडौं, १२ भदाै

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारसँग वार्ता नहुने बताएका छन् । नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई गिरफ्तार गरेपछि मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले सरकारसँग वार्ता नहुने बताएका हुन् । विप्लवले भनेका छन्, सामाजिक फासिवादी सरकारका यिनै षड्यन्त्र, हर्कत र रबैयाका बीचमा वार्ताको कुनै गुन्जायस नै छैन ।

    महासचिव विप्लवले मानव अधिकारवादी, सञ्चारकर्मी, कानुन व्यवसायी तथा अन्य राजनीतिक दलहरूलाई सरकारको यस्तो रबैयाको भण्डाफोर गर्दै न्यायका पक्षमा उभिन आह्वानसमेत गरेका छन् । नेकपाका नेता–कार्यकर्तामाथि सरकारले दमन, गिरफतारी बढाउँदै लगेपछि आक्रोसित भएका विप्लवले केपी र पीकेको गठबन्धनमा बनेको,वाम खोल ओढेको सामाजिक फासिवादी सरकारले आफ्नो पार्टीमाथि दिनानुदिन षड्यन्त्र, दमन र गिरफ्तारीको श्रंखला चलाइरहेको बताएका छन् ।

    विप्लवले संविधान प्रदत्त अधिकारभित्रको शान्तिपूर्ण कार्यक्रममा पूर्ण रूपले प्रतिबन्ध लगाएको भन्दै दिनदिनै आफ्नो पार्टीका नेता र कार्यकर्ताहरूलाई गिरफ्तार गरी बेपत्ता पार्ने काम गरिरहेको बताएका छन् । उनले विज्ञप्तिमा सर्वोच्च अदालतको आदेशलाई पनि लत्याउँदै विभिन्न झूट्टा मुद्दामा फसाई छानबिनका नाममा हिरासतमा राखिएका आफ्नो पार्टीका प्रवक्ता प्रकाण्ड, पीबीएम, सीसीएमलगायत सबै बन्दीहरूलाई तुरुन्त रिहा गर्न पनि सरकारसँग जोडदार माग गरेका छन् ।

    त्यस्तै सरकारका गतिविधिले स्वाभाविक रूपमा आफ्नो पार्टी आक्रोशित भएको र क्रान्तिलाई केन्द्रबिन्दुमा राखी वैज्ञानिक समाजवाद स्थापनाको उदेश्यमा दृढ रहेको बताएका छन् । साथै गिरफ्तारी, यातना र दमनले क्रान्ति नरोकिने, बरु त्यसले अझ उर्बर बनाउने उनको भनाइ छ ।

    हेर्नुस् विज्ञप्ति

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...