News Portal

  • विद्यालयमा आगजनी 

    कञ्चनपुर, १६ भदाै
    ७८६ पटक
    कञ्चनपुर, १६ भदाै

    कञ्चनपुरको वेदकोट नगरपालिका–४ बगुनस्थित वैजनाथ सिद्धनाथ माविको कार्यालय कक्षमा आगजनी गरिएको छ ।

    अज्ञात व्यक्तिले विद्यालयको कार्यकक्षको ताला तोडेर कार्यालयमा आगजनी गरेको बताइएको छ । आज विद्यालयका चौकीदारले कार्यालयको ढोकाको ताला टुटेको अवस्थामा फेला पारेपछि कार्यालय कक्षमा आगजनी भएको थाँहा भएको हो ।

    आगलागीबाट विद्यालयभित्र राखेको स्टील दराजभित्र राखेका कागजपत्र, फोटोकपि मेसिन, शिक्षक हाजिरी पुस्तिका, प्रयोगशालाका सामग्री जलेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

    दराजमा राखेको एक थान ल्यापटपसमेत चोरी भएको पाइएको छ उनले भने । कार्यालय कक्षमा शुक्रबार राति बेला आगो लगाएको हुन सक्ने उनले बताए ।

    ”विद्यालयमा लामो समयदेखि प्राचार्य र व्यवस्थापन समितिबीच विवाद रहेको बुझिएको छ,  त्यसै कारणले आगजनी गरिएको हो वा अन्य कसैले आगजनी गरेको भन्नेबारे अनुसन्धान भैरहेको छ ।’’ उनले भने ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...