News Portal

  • सर्लाहीमा शिक्षकद्वारा यौन दुराचार : एसपी भन्छन् नयाँ कानुनका कारण कारवाही गर्न सकिएन

    प्रेमनाथ पाैडेलसर्लाही, १८ भदाै
    २५८१ पटक
    सर्लाही, १८ भदाै

    सर्लाहीको लालबन्दीमा ट्युसन पढ्न गएका दुई छात्रामाथि आफ्नै शिक्षकले यौन दुराचारको प्रयास गरेका छन् ।
    लालबन्दी-५ का कक्षा ७ मा पढ्ने दुई छात्रालाई २४ वर्षिय शिक्षक सिहासन रायले यौनजन्य अपराध गरेको पीडित छात्राका अभिभावकहरुले गुनासो गरेका छन् ।

    हरिपुर्वा- ८ स्थायी ठेगाना भएका रायले लालबन्दीस्थित आफ्नो डेरामा ट्युसन पढ्न आएका ११ वर्षका दुई छात्रामाथि पटकपटक यौन दुराचारको प्रयास गरेको पीडित बालिकाहरुले घरमा बताएपछि शिक्षकको कर्तुत बाहिर आएको हो ।

    पढाउनेक्रममा शिक्षक रायले विभिन्न बहाना बनाएर गोप्य अङ्ग छुने गरेको पीडित छात्राहरूले आफुहरुलाई बताएको एक अभिभावकले जानकारी गराए । पीडित परिवारले ईलाका प्रहरी कार्यालय लालबन्दीमा शिक्षक राय बिरुद्ध किटानी जाहेरी समेत दर्ता गराएका छन्।

    यस बारेमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलसंग बुझ्दा किटानी जाहेरी परेको र प्रहरीले पीडकलाई कारवाहीको लागि प्रकृया अगाडि बढाएको भए पनि नयाँ मुलुकी एेनमा ब्यबस्था भए अनुसार अदालतको पत्र नआएको हुदाँ कारवाही तत्काल गर्न नसकेको प्रतिकृया प्राप्त भएको छ ।

    शिक्षक राय बिगत केहि महिना देखि लालबन्दीको एक नीजि विद्यालयमा अध्यापन गराउदै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...