News Portal

  • गृहमन्त्री बादलले बाँडे शान्तिसुत्र

    काठमाडौँ, २७ भदौ
    ७५६ पटक
    काठमाडौँ, २७ भदौ

    गृहमन्त्री रामबहादुर थापा‘बादल’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढंगको रहेको बताएका छन् ।

    गृहमन्त्रालयमा अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग आज भएको भेटमा गृहमन्त्री थापाले शान्ति प्रक्रियापछि संविधानसभाबाट बनेको नेपालको संविधानले हरेक क्षेत्र, जाति, लिङ्ग, समुदायको समावेशी, समातुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको बताए ।

    उनले भने, ‘ हरेक युद्धका कारण हुन्छन्, ति कारणको पहिचान गरेर त्यसलाई समाधानको उपाय निकाल्नुपर्छ । त्यसो भएमा मात्रै शान्ति कायम हुन्छ । ’

    राजनीतिक परिवर्तनपछि अब नेपाल आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढेको गृहमन्त्रीले बताए ।

    अफगानिस्तानका पूर्व मन्त्री एवम् शान्ति परिषद्का उपाध्यक्ष हबिबा सराबी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको सेना समायोजन प्रक्रिया, संविधान लेखन लगायतको प्रक्रियाबारे गृहमन्त्रीसँग चाँसो राखेका थिए ।
    उनीहरुले नेपालको शान्तिप्रक्रियाबारे जानकारी लिने र सिक्ने उद्देश्यले आफूहरु नेपाल भ्रमणमा आएको जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...