News Portal

  • सर्लाहीमा नगरपालिकाकै किसान पाँउछन् प्रतिलिटर दुधको मूल्य मात्र २२ रुपैयाँ

    प्रेमनाथ पाैडेलसर्लाही, २८ भदाै
    २१२६ पटक
    सर्लाही, २८ भदाै

    सर्लाहीको  नारायण खोलाका किसानमा पशुपालनप्रति उत्साह घट्दै गएको छ । पशुपालनका लागि उपयुक्त स्थान नारायण खोलाका किसानहरुले उत्पादन गरेको दुधले उचित मूल्य र बजार नपाएपछि किसानहरुमा पशुपालन प्रतिको उत्साह घटदै गएको हो ।

    लालबन्दी नगरपालिका वार्ड नम्वर १४ मा पर्ने जिल्लाकै अति बिकट क्षेत्र मानिने नारायण खोलामा अहिले पनि ७० प्रतिशत मानिसहरुले गाईभैंसी पालेका छ्न् तर केही बर्ष अघि सम्म ५/७ वटा गाईभैंसी पाल्ने किसानहरु अहिले पशुपालन नै नगर्ने मनसायमा पुगेका स्थानीय उतरमान थिङ्ग को भनाई छ । ”गाई भैंसी पाल्यो दु:ख गरेर दुध उत्पादन गर्यो तर उत्पादित दुधको उचित मुल्य र बजारको अभाव छ ।” उनले भने ।

    लालबन्दी बजारमा ७० रुपैया प्रति लिटर पर्ने दुधलाई नारायण खोलाका दुध डेरिहरुले मुस्किलले २२ रुपैया देखि २७ रुपैयासम्म मात्र दिने गरेको अर्का किसान शुक्र थिङ्गले नेपालवालसँग दुखुसो गरे । दु:ख गरेर गाईभैंसीलाई दाना घासपात र हेरचाहको हिसाब किताब गर्दा दुधको आम्दानी भन्दा खर्च बढी पर्ने र त्यसले गर्दा घर परिबार चलाउन समेत समस्या हुने भएको किसानहरुको भनाई छ ।

    नारायण खोलामा अहिले पनि ६ वटा दुध संकलन गर्ने दुध संकलन केन्द्र छ्न् तर पनि बिकट क्षेत्र र बिद्युत तथा सहज बाटो यातायातको ब्यबस्था नहुदा आफूहरुले चाहना हुदाहुँदै पनि उत्पादित दुध संकलन र भण्डारण गर्न नसकेको मटरदोभानका दुध डेरि संचालक भिम पाख्रीनको भनाई छ ।

    यदि किसानहरुलाई पशुपालनतर्फ नगरपालिकाले हौसला प्रदान गर्न र बजारिकरणको ग्यारेन्टी गरिदिन सके पुरै लालबन्दी नगरपालिकाको दुधको माग नारायण खोलाले नै धान्न सक्ने र स्थानीय किसानहरुको आय आर्जन र जिबिकोपार्जनमा समेत यसले टेवा पुग्ने स्थानीय शिक्षक रुद्र बस्नेतको बुझाई रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...