News Portal

  • बाल यौन दुराचार गरेको अभियोगमा भक्तपुरबाट एक पसले पक्राउ

    नेपालवाल संवाददाताभक्तपुर, २८ भदाै
    २९७९ पटक
    भक्तपुर, २८ भदाै

    भक्तपुरमा बाल यौन दुराचार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको चागुँनारायण नगरपालिका वार्ड नम्बर २ दुवाकोट तल्लो हाईटमा स्टेशनरी पसल संचालन गर्ने ६३ बर्षिय व्यक्ति बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका हुन् ।

    सप्तरी बेलिपेचना- २ घर भई हाल भक्तपुरको चागुँनारायण नगरपालिका – २ दुवाकोटमा घर बनाइ बस्ने बर्ष ६३ को सुरेश कुमार पोखरेलले आफैले संञ्चालन गरेको स्टेशनरी पसलमा बर्ष १० की एक बालिकालाई बालयौन दुराचार गरेको किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन् । पोखरेलले साँझको समयमा सामान किन्न आएकी बालिकामाथि अस्लिल हर्कत गरेको अभियोग लागेको छ ।

    पसले पोखरेलको अस्लिल हर्कतबारे बालिकाले परिवारमा पोल खोलेपछि बिहान समाजका अगुवाहरुले केरकार गरेका थिए । उनले एक पटकलाई गल्ति भएको स्वीकार गरेर माफी मागेपछि आक्रोसित स्थानीयले पीडक पोखरेललाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

    पीडक पसले सुरेश कुमार पोखरेललाई पक्राउ गरी जिल्ला अदालत भक्तपुरबाट करणी सम्बन्धि कसुरको बालयौन दुरुपयोग मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त ठिमीमा राखिएको डीएसपी रेवतीरमण पोखरेलले पुष्टि गरे ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...