News Portal

  • युवाहरुले १ सय मिटर लामो राष्ट्रिय झण्डा फहराए

    नेपालवाल संवाददाताकाठमाडौं, ३ असोज
    ८५१ पटक
    काठमाडौं, ३ असोज

    सत्तारुढ दल नेकपा निकट युवा सङ्गठनले संविधान दिवसको अवसरमा  राष्ट्रिय झण्डा फहराएको छ ।

    काठमाडौँको माइतीघर मण्डलामा  पूर्व युवा सङ्घ र वाइसिएलको संयुक्त आयोजनामा १ सय मिटर लामो राष्ट्रिय झण्डा फहराइएको हो ।राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको आयोजकले जनाएको छ ।

    उक्त अवसरमा वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले वर्तमान संविधानमाथि गलत प्रचार गरी  भ्रम फैलाइएको  जिकिर गर्दै हजारौंको बलिदानबाट प्राप्त संविधानले परिवर्तनलाई सस्थागत गरेको र सवै नेपालीको हितमा रहेको दावी गरे ।

    त्यसैगरी युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले जनताको अव युवाहरु आरर्थिक क्रान्तिको दिशामा अगर्सर हुनुपर्ने र समृद्ध देश बनान लाग्नुपर्ने बताए ।

    दुवै संगठनका नेताले सरकारको नीति तथा कार्यक्रमले रोजगारलाई केन्द्रमा राखेकाले युवाहरु उत्साहित भएको भनेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...