News Portal

  • अश्लील साइट हेर्ने लत परेकालाई दुखको खबर, अब इन्टरनेटमा खुल्दैन पोर्नसाईट

    नेपालवाल संवाददाताकाठमाडौँ, ७ असोज
    ११०८ पटक
    काठमाडौँ, ७ असोज

    इन्टरनेटमा यौनजन्य अश्लील साइट हेर्ने लत परेकालाई दुखको खबर छ । आइतवारदेखि इन्टरनेटमा अश्लील साइट नखुल्ने भएका छन् ।

    देशमा बलात्कार लगायतका विभिन्न खालको अपराधको एक कारक रहेको निष्कर्ष निकाल्दै सरकारले अश्लील साइटमाथि प्रतिबन्ध लगाएको हो । अश्लील सामग्रीको आदानप्रदान, प्रकाशन र प्रशारणलाई सरकारले प्रतिबन्ध लगाएको छ ।

    शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अश्लील सामग्रीमा नेपाल भित्रबाट हुने पहुँच रोक्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएलगत्तै प्राधिकरणले पनि सम्बन्धित इन्टरनेट सेवा प्रदायकहरूलाई आइतबारबाटै रोक्न निर्देशन दिएको जानकारी प्राप्त भएको छ ।

    यौनजन्य अश्लील सामग्रीहरुको आदानप्रदान, प्रकाशन र प्रसारणलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले पनि बन्देज लगाएको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...