News Portal

  • श्रीमती बनाउछु भन्दै यौन शोषण गर्ने युवकलाई हरिवनका स्थानीयले पुर्याए प्रहरी खोरमा

    प्रेमनाथ पाैडेलसर्लाही, ७ असोज
    २७३४ पटक
    सर्लाही, ७ असोज

    हरिवनका स्थानीयले एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्रेर प्रहरीको खोरमा पुर्याएका छन् ।

    सर्लाहीको ईश्वरपुर नगरपालिका – १२ कालिन्जोरका अन्दाजी २३ वर्षीय विशाल भुजेललाई स्थानीयले पक्राउ गरि आइतवार प्रहरीलाई बुझाएका हुन् ।

    हरिवन- ८ चुरे क्षेत्रमा बस्दै आएका भुजेलले केही समय देखि स्थानीय १७ बर्षिया एक किशोरीलाई ललाई फकाई श्रीमती बनाउछु भन्दै यौन शोषण गरि गर्भ समेत बस्न गएपछि फरार रहेका भुजेललाई आक्रोसीत स्थानीयले पक्राउ गरि प्रहरीलाई बुझाएको एक स्थानीयले जानकारी गराए ।

    घटनाको रहस्य बाहिर आएपछि पिडित किशोरिकि आफन्तले पिडक भुजेललाई कार्बाहीको माग गर्दै किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

    उता प्रहरीले भने युबकलाई पक्राउ परेको पुष्टि गर्दै थप अनुसन्धान भै रहेको भनेको छ । ” अनुसन्धानको क्रममा छाै दोषी ठहरे मुलुकि ऎन अनुसार कार्बाही अगाडि बढाउँछाै ।” इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक बिनोद सुनुवार बताउँछन् ।

    नयाँ मुलुकी आचारसंहिता अनुसार उमेर नपुगी सहमतीमै यौन सम्पर्क गर्नुपनि बलात्कार गरिएको मानिने हुँदा कडा भन्दा कडा कार्बाही गर्नुपर्ने पिडितका आफन्तले माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...