News Portal

  • हरिवनका ड्रोन बनाउने बालकलाई जनप्रतिनिधिले दिए आफ्नै तलब

    प्रेमनाथ पाैडेलसर्लाही, २ मंसिर
    ९७९ पटक
    सर्लाही, २ मंसिर

    विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेर सानै उमेरमा स्थानीयलाई चकित तुल्याएका बालक निश्चल पौडेललाई वडा अध्यक्ष शेख मेहबुब रेजाले एक महिना को तलब प्रदान गरेका छन् । हरिवन नगरपालिका- ११ का वडा अध्यक्ष शेख मेहबुब रेजाले आईतबार पौडेललाई एक महिनाको तलब प्रदान गरेका हुन् ।

    नगर कार्यपालिकाको कार्यालयका आयोजित एक कार्यक्रमका बीच वडा अध्यक्षको एक महिनाको तलब रकम रु २२ हजार नगर प्रमुख गणेश प्रसाईंको हात बाट प्रदान गरिएकाे थियो । सानै उमेरमा  ई-साईकल, स्मार्ट कार र ड्रोन निर्माण गरि सफल परिक्षण गर्न सफल भएकोमा बालक निश्चल पौडेललाई हौसला स्वरुप आफ्नो तलब दिएको रेजाले बताए । बाल प्रतिभाको कदर गर्न पाउँदा आफूलाई निकै नै आनन्दको अनुभूति प्राप्त भएको उनको भनाई छ ।

    त्यसैगरी उक्त कार्यक्रम‍कै अबसरमा वडा सदस्य सुकदेव कार्कीले समेत नगद ६ हजार प्रदान गरेका छन् भने  बालक भित्र रहेको प्रतिभालाई कदर गर्दै उनको प्रतिभाको थप प्रस्फुटनका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग रहने मेयर गणेश प्रसाद प्रसाईंले पनि प्रतिबदता प्रकट गरेका छ्न् । यी साना बालक भनेका नगरपालिकाकै गहना र बैज्ञानिक बन्ने प्रतिभाका धनी भएकाले बालक को प्रतिभाको कदर गर्न र उनी भित्रको प्रतिभालाई बाहिर ल्याउन सक्नु नगरपालिकाको पनि कर्तब्य भएको प्रसाईंले प्रष्ट पारे ।

    लालबन्दी- २ जुटपानी स्थित नवजीवन बिद्याश्रम माबिमा कक्षा ९ मा अध्यनरत बालक निश्चलले बनाएको ड्रोनलाई लालबन्दी नगरपालिका प्रमुख मानबहादुर खड्का र लालबन्दी- २ का वडाध्यक्ष किरण पासवानको आर्थिक सहयोगमा यसअघि सफल परीक्षण गरिएको थियो । उक्त समाचार र भीडीआे नेपालवालमा सर्वाधिक हेरिएको थियो ।

    आफूले निर्माण गरेको सामाग्रीको परिक्षणको अवलोकन गरेर र आफूलाई नगद सहयोगसमेत  प्रदान गरि  हौसला बृद्धि गराई दिएकोमा बालक निश्चलले सबैलाई धन्यबाद दिदै आफ्नो युट्युब क्रीयटिभ निश्चलमा गएर सर्च गरि आफूले निर्माण गरेका सामानको बारेमा हेरि लाईक कमेन्ट तथा सेयर गरि हौसला प्रदान गर्न समेत अनुरोध गरेका छ्न् ।

    हेर्न यहाँ जानुहोस् https://www.youtube.com/watch?v=g6ViiDC-A-8

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...